बेलायत आएको चार दिनमै ३१ बर्षीया नेपाली विद्यार्थीको निधन


प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार

अध्ययनका लागि बेलायत आएको चार दिनमै नेपाली विद्यार्थीको निधन भएको छ । २९ नोभेम्बर बुधबार मात्र बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो ।

ओरस्ते ४ बिरुवा स्याङ्जाकी ३१ बर्षीय गुरुङ बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी थिइन् । उनलाई आइतबार बिहान पेट दुख्ने, वान्ता र पखालापछि घरमै तातोपानी ख्वाएर राखिएको थियो ।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगिएकोमा उपचारका क्रममा साँझ ८ बजेतिर उनको निधन भएको थियो ।

निधनको खबर परिवारका सदस्यहरुलाई दिइसकिएको छ भने श्रीमान् निरज गुरुङ ५ डिसेम्बर दिउँसो २ बजे लण्डन आइपुग्ने जनाइएको छ । श्रीमान् निरजको भिसा स्वकिृत हुन ४ दिन ढिलाई भएकाले उनीहरु संगै बेलायत आउन पाएका थिएनन् ।

समाचार श्रोत : नेपाली लिङ्क

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com