पोर्चुगलमा एउटै कोठामा बस्ने नेपालीले छुरा हान्दा घाइते धनबहादुर क्षेत्रीको निधन


प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

(सावधान: समाचारमा प्रयोग भएको तस्वीरले तपाईलाई विचलित बनाउनसक्छ ।)

पोर्चुगलमा एउटै कोठामा बस्ने नेपालीले छुरा हान्दा घाइते धन बहादुर क्षेत्रीको निधन भएको छ । पर्वत खौला लाकुरी स्थायी घर घएका क्षेत्रीमाथि तिहारको अघिल्लो दिन १४ नोभेम्बरमा सोही कोठामा बस्ने नेपाली लोकेन्द्र गुरुङले छुरा हानेका थिए ।

फोटो सामाजिक सञ्जालबाट साभार

क्षेत्रीको उपचारका क्रममा बुधबार निधन भएको हो । यूनीडेड लोकल डी सउदे डो लिटोरल अलेंटेजानो अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

झण्डै ८ महिना आगाडि पोर्चुगल आएका क्षेत्रीलाई सामान्य भनाभन पछि छुरा प्रहार गरेर सख्त घाईते बनाइएको जनाइएको छ । मृतक क्षेत्रीका तीन छोरा १ छोरी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com