न्युजर्सीमा गाडीको ठक्करबाट छत्र बहादुर नेवारको मृत्युबारे कानुनी प्रकृयाका लागि पहल


प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार

न्युजर्सीमा गाडीको ठक्करबाट ५४ बर्षीय नेपाली छत्र बहादुर नेवारको मृत्यु भएको विषयमा कानुनी प्रकृयाका लागि पहल सुरु गरिएको छ । रामेछापको दोरम्बा स्थायी घर भएका नेवारको गत बुधबार गाडीको ठक्करबाट न्युजर्सीको समरडेलमा मृत्यु भएको थियो । विहान सबा ६ बजेतिर उक्त घटना भएको जनाइएको छ ।

घटनापछि गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतकको शव क्यामरन काउन्टी मेडिकल एक्जामाइनरको कार्यालयमा राखिएको छ । समरडेल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । एनआरएन अमेरिकका सचिव दीपक सापकोटाले घटनाको थप पुष्टी गरेका छन् ।

छत्रको अन्तिम संस्कारमा सहभागी गराउनका लागि नेपालमा रहेकी पत्नी देवी श्रेष्ठलाई अमेरिका ल्याउन भिसा प्रकृया समेत सुरु गरिएको छ । अन्तिम संस्कारका लागि अमेरिकामा रहेका नेपालीहरुमाझ आर्थिक सहयोग संकलन गर्ने तयारी समेत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक छत्र बहादुर नेवारले अत्याधिक रक्सी पिउने गरेको र महिनामा एक हप्तामात्र काम गर्ने गरेको जनाइएको छ । मृतकको शव नेपाल लैजाने वा अमेरिकामा नै अन्तिम संस्कार गर्ने भन्नेबारे पारिवारिक सल्लाह भइररहेको मृतकका बहिनी ज्वाई पदम श्रेष्ठले जानकारी दिएका छन् । आवश्यक प्रकृयाहरुका लागि मेरिल्याण्डको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीको कार्यालयले पनि सहयोग गरिरहेको छ ।

घटना हुनुभन्दा केही घण्टा अगाडि मृतक छत्र बहादुर नेवारले घरमा पत्नीलाई फोन गरेर आफ्नो ज्यान खतरामा रहेको बताएको पारिवारिक श्रोतको दावी छ । तर घटनाको प्रकृति हेर्दा उनले आरोप लगाएको जस्तो नदेखिएकाले प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com