जीवा लामिछाने सम्मिलित जर्मनीको ट्रिप ईन होटल समूहबाट भूकम्पपछिको राहतमा २० लाख रुपैया


प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार

???????? ????? ????? ??????????? ???????, ?? ??????? ????????? ????????? ??????? ?????? ????? ???????? ???? ???? ???????? ????????? ???? ????????? ? ???????? ????? ????????? ???????? ????? ????? ??????????? ? ?????? ????? ?????? ????

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि ट्रिप ईन होटेल समूह जर्मनीका तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त लगायत सम्मिलित ट्रिप ईन होटल समूहले उक्त सहयोग उपलब्ध गराउने भएको हो ।

पश्चिम नेपालमा भएको ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले अत्यन्त दुःखी भएको र यस दुखद घडीमा ज्यान गुमाउनुहुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने लामिछानेले बताएका छन् ।

जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै । तस्बिर : सुरेश आचार्य/रासस

शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो १५७ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा धेरै घाइते छन् । भूकम्पले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ ।

कभर तस्वीर : जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै भूकम्पपीडित । तस्बिर: सुरेश आचार्य/रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com