गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष, आजै प्रभावित स्थानमा जाने


प्रकाशित मिति : कार्तिक १८, २०८० शनिबार

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसिया, सीता खतिवडा लगायत रहेका छन् । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा. केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा. हेमराज शर्मा र डा. चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा. विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका लागि सक्रियतापूर्वक काम सुरु भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७-९८०१८६११०१ मा सम्पर्क गर्न सक्नुहुन्छ । साथै राहतका सामाग्री तत्काल उपलब्ध गराउनुपर्ने स्थानका सम्बन्धमा समेत यसै हटलाइनमार्फत जानकारी गराउन सक्नुहुनेछ । थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।

साथै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा मानवीय सहयोग कार्यमा सहयोग गर्नको लागि संघको तलको खातामा यथाशिघ्र सक्दो आर्थिक सहयोग गरिदिई यस विपतमा सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।

Name : NRNA Emergency Fund, A/C No : 024010010000633 Bank : Sanima Bank Limited Branch : Naxal, Kathmandu Swift : SNMANPKA

गैरआवासीय नेपाली संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहनसमेत सम्बन्धित सबैमा  अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com