व्यक्तिगत जानकारीका आधारमा विज्ञापन नचाहनेलाई युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क


प्रकाशित मिति : कार्तिक १३, २०८० सोमबार

space gray iPhone X

आफ्नो व्यक्तिगत जानकारी विज्ञापनको लागि लक्षित भएको नचाहने प्रयोगकर्ताहरुले नोभेम्बरदेखि युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन शुल्क तिर्नुपर्ने भएको छ । मेटाले अर्को महिनादेखि युरोपियन युनियन भित्र फेसबुक र इन्स्टाग्रामलागि सशुल्क सदस्यताहरू प्रस्ताव गर्न थाल्ने घोषणा गरेको हो ।

मासिक सदस्यता लिनेहरुलाई उनीहरूको व्यक्तिगत जानकारीका आधारमा विज्ञापन हेर्नुपर्नेछैन । तर भुक्तानी नगर्नेहरूको व्यक्तिगत विवरण भने मेटाले विज्ञापन पठाउने प्रयोजनका लागि संकलन गर्नेछ । मानिसहरूले मासिक १० र १३ युरोकोबीचको भुक्तानी गर्न सक्षम हुनेछन् । वेबसाइटबाट सदस्यता लिंदा १० र स्मार्टफोन एपहरू मार्फत सदस्यता लिंदा १३ डलर तिर्नुपनेछ ।

 

एउटै शुल्कले प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राम दुवै पहुँच गर्न अनुमति दिनेछ। नोभेम्बरमा सदस्यता प्रस्ताव कहिले उपलब्ध हुनेछ भनेर फेसबुकले बताएको छैन ।

युरोपियन युनियनका २७ देशको ब्लकका नियामकहरू, सांसदहरू र अदालतहरूबाट विज्ञापन सेवाका लागि व्यक्तिगत डाटा प्रयोगबारे प्रश्न उठाइरहेको बेला फेसबुक र इन्स्टाग्रामले यो घोषणा गरेको हो । युरोपियन युनियनको गोपनीयता व्यवस्थाले कम्पनीहरूलाई कसरी प्रयोग हुन्छ भन्ने स्पष्ट सहमति विना प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्न गाह्रो बनाएको छ ।

मेटाले सदस्यताहरू युरोपियन युनियन, फराकिलो युरोपेली आर्थिक क्षेत्र र स्विट्जरल्याण्ड भित्र मात्र उपलब्ध गराउने बताएको छ। सदस्यताहरू यी क्षेत्रहरू र देशहरू बाहिरका लागि उपलब्ध हुने छैनन्। नोभेम्बर ६ देखि मेटाले युरोपियन युनियन, फराकिलो युरोपेली आर्थिक क्षेत्र र स्विट्जरल्याण्ड भित्र नाबालिगहरूलाई देखाइने सबै विज्ञापनहरू अस्थायी रूपमा बन्द गर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com