किन अमेरिका आउँदैछन् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका


प्रकाशित मिति : कार्तिक ८, २०८० बुधबार

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका आउँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका आउन लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

लिङ्देन अक्टोबर २८ मा टेक्सास आउने र सोहीदिन टेक्सासमा हुने मम फेस्टिवलको आतिथ्यता ग्रहण गर्नेछन् । साथै नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी अक्टोबर २९ मा टेक्सासको डलासमा करि लिफ रेष्टुरेन्टमा हुने पानस अमेरिकाको तेस्रो अधिवेशनमा सहभागी हुनेछन् ।

त्यस्तै, अक्टोबर ३० मा केन्टकीमा नेपालीहरूसॅग साक्षात्कार गर्ने र अक्टोबर ३१ मा ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । नोभेम्बर २ मा वासिंडटन डिसीस्थित नेपाली राजदूतावासमा भेटघाट गर्नेछन् ।

लिङ्देनले नोभेम्बर ४ तारिखमा पानस न्युयोर्कले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । नोभेम्बर ५ मा मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी भएपछि नोभेम्बर ६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com