अमेरिका आएको एकमहिनामा समुन्द्रमा डुबेका प्रविन पौडेल अचेत, गोफण्डमीमा फण्डरेज


प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार

अमेरिका आएको एकमहिनामा नै समुन्द्रमा डुबेका प्रविन पौडेलको अझै पनि अचेत अवस्थामा उपचार भइरहेको छ । टस्कीगी युनिभर्सिटीमा अध्ययनका लागि गत अगस्तमा अमेरिका आएका पौडेल सेप्टेम्बरमा समुन्द्रमा डुबेका थिए ।

गत सेप्टेम्बर ३० मा फ्लोरिडाको पानामा सिटी बीचमा समुन्द्रमा पौडिने क्रममा ठूलो छाल आएका कारण उनी डुबेको गोफण्डमीमा जनाइएको छ । त्यसयता उनी पानामा सिटीको एसेन्सन सेक्रेड अस्पतालमा बेहोस अवस्थामा उपचाररत छन् ।

टुस्केगी विश्वविद्यालयका प्रोफेसर र डीन डा. नर गुरुङ र डा. चन्ना प्रकाशले प्रवीणको मेडिकल बिल तिर्न मद्दत गर्न र नेपालबाट प्रवीणकी आमा तथा भाइको यात्रा खर्चका लागि गोफण्डमीमा फण्डरेज सुरु गरेका छन् ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रविणकी आमा एकदमै सीमित साधन श्रोत भएकी एकल आमा रहेको तथा उनीहरूको यात्राको लागि तिर्न र चिकित्सा खर्च कभर गर्न कुनै स्रोत नभएको भन्दै प्रवीण र आमालाई सहयोग गर्न अपिल गरिएको छ । प्रविण ७ बर्षको हुँदा उनका बुबाको निधन भएको थियो । प्रविनकी आमा विणु कुमारी आचार्य पौडेलले ८१ बर्षकी सासु तथा पढ्न लेख्न नसक्ने छोरीको हेरचाह गर्नुपरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com