अमेरिकाबाट ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी पठाउनेले १ लाख रुपैया जित्न सक्ने, कुल पुरस्कार १८ लाख


प्रकाशित मिति : आश्विन २८, २०८० आईतबार

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी रकम पठाउने ग्राहकहरुले एक लाख रुपैयासम्मको पुरस्कार जित्नसक्ने भएका छन् । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवशरमा आफ्नोले यो अफर ल्याएको हो । सेप्टेम्बर १ बाट सुरु भएको यो अफर नोभेम्बर १९ सम्म लागु हुनेछ । अर्थात् यो अवधिमा रकम पठाउनेहरुले पुरस्कार जित्न सक्नेछन् ।

१ लाखभन्दा बढी रकम पठाउने र पाउने दुबैले कुपन प्राप्त गर्नेछन् । पठाउने र पाउने दुबैजना पुरस्कारको लोटरीमा समावेश हुन योग्य हुनेछन् । १ लाख रुपैयाभन्दा कम रकम पठाउने र पाउनेहरु भने यो अफरमा योग्य हुनेछैनन् । कुल १० जना विजेताहरुले एकएक लाख रुपैया प्राप्त गर्न सक्नेछन् भने २५ जनाले दश दश हजार रुपैया प्राप्त गर्न सक्नेछन् । त्यस्तै ५० जनाले पाँचपाँच हजार, एकसय जनाले एकएक हजार, २ सय जनाले पाँचपाँच सय, ५ सय जनाले एक एक सय र एकहजार जनाले पचास पचास रुपैया प्राप्त गर्न सक्नेछन् ।

कुल १८८५ जना पुरस्कृत हुनेछन् । पुरस्कार रकम सिक्काका रुपमा गणना गरिनेछ । एक सिक्का बराबर एक नेपाली रुपैया हुनेछ भने त्यही दरमा परिवर्तन गरेर नगद प्राप्त गर्न सकिनेछ ।

यसैबीच आफ्नोले दशैं, तिहार र छठको अवशरमा एक सय डलरभन्दा माथि रकम पठाउँदा ५ डलर छुटको अफर पनि ल्याएको छ । फस्र्ट प्रोमो कोड हालेर उक्त छुट प्राप्त गर्न सकिने छ । आफ्नोबाट रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट भएको पाइएको छ । वेवसाइटका अतिरिक्त एप स्टोर र गुगल प्लेबाट एप्लिकेशन डाउनलोड गरेर सहजै रकम पठाउन सकिने भएकाले यो प्रयोग पनि निकै सहज रहेको छ ।

अमेरिकामा रहेका व्यक्तिले बैंक ट्रान्सफर, बैंक डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोग गरि रकम पठाउन सक्छन् । बैंक ट्रान्सफर वा बैंक डिपोजिटको विकल्प रोजेको खण्डमा भने ५९ सेन्टसमा नै रकम पठाउन सकिनेछ । क्रेडिट कार्डबाट पठाउँदा ३ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भने डेबिट कार्ड प्रयोग गरि पठाउँदा १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ ।

रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुने आफ्नोले प्रतिबद्धता जनाएको छ । खसोखासले गरेको परिक्षणमा १ घण्टा ४५ मिनेटमा रकम जम्मा भएको पाइएको थियो ।

बैंकबाट सिधै एसीएच गरेर नेपाल रकम पठाउँदा कतिपय मनी ट्रान्सफरहरुले २ दिनसम्म लगाउने गरेका छन् । तर आफ्नोले भने यसरी रकम पठाउँदा पनि २ घण्टाभित्रै नै बैंक खातामा रकम डिपोजिट गरिदिने गरेको छ । भरपर्दो र सुरक्षित कम्पनी प्लेडमार्फत एकाउन्टको विवरण प्राप्त हुने भएकाले आफ्नोले ग्राहकको अमेरिकामा रहेको एकाउन्टमा सिधै पहुच कायम गर्न सक्दैन । सेवाग्राहीको डाटा सुरक्षित राख्न बैंक स्तरको सुरक्षा प्रयोग गर्ने आफ्नोले बताएको छ ।

त्यस्तै हरेक १० हजार नेपाली रुपैया पठाउँदा एक सिक्का प्राप्त गर्न सकिन्छ । एक सिक्काको मूल्य १ नेपाली रुपैया हुनेछ ।

आफ्नोको वेवसाइट र एप्लीकेशनहरु प्रयोग गर्न सहज रहेको छ भने केवाईसी भेरिफाइ पनि सहजै र छिटो हुने गरेको छ । यदि ओटीपी कोड आउनमा ढिलाई भएमा फर्गेट पासपोर्ट विकल्प प्रयोग गरेर समेत छिटो कोड प्राप्त गर्न सकिन्छ ।

यदि कुनै समस्या भएमा च्याटमार्फत वा फोनमार्फत पनि सम्पर्क गर्न सकिन्छ । यसरी सम्पर्क गर्दा तपाईले नेपाली भाषामा नै बोलेर सेवा प्रदान गर्ने कर्मचारीहरु पाउनुहुनेछ ।

यदि तपाईपनि आफ्नो मार्फत सहजै रकम पठाउन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com