६८ बर्षिया निर्मला मैनाली न्युयोर्कको क्विन्सबाट बेपत्ता, खोजीमा सघाउन परिवारको अपिल


प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार

६८ बर्षिया निर्मला मैनाली न्युयोर्कको क्विन्सबाट बेपत्ता हुनुभएको छ । निर्मला मैनाली शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर १०९-५३ लेफर्टस् बुलुभर्डबाट घर नजिकैको पिएस १०० पब्लिक स्कुल क्षेत्रमा  निस्कनु भएको थियो ।

घर फर्कने क्रममा हराउनु भएको पारिवारिक श्रोतले बताएको छ । उहाँ ३ दिन अघि मात्रै कान्छी छोरी, ज्वाईं र नातिनातिलाई भेट्न न्युयोर्क आउनुभएको थियो । उहाँका ज्वाईं सन्तोष पराजुलीका अनुसार निर्मला बिहान ८ बजे मर्निङ वाक जान्छु भनि निस्किनु भएको थियो ।

बेलुकाको ४ बजे सम्म पनि घर नफर्किनु भएपछि खोजी कार्य शुरु गरिएको छ । स्थानिय प्रहरी प्रशासन, अस्पताल र तथा अन्य सार्वजनिक सहयोग निकायहरुलाई यसबारे जानकारी गराइ सकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्मला मैनालीलाई कहिं कतै देख्नुभएमा मनिक्षा मैनाली, सन्तोष पराजुली ३४७.७७१.००५७, भरत पुरी ३४७.५८६.७१२७ अथबा सुमन राउत ९२९.३०२.९८६६ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन परिवारका तर्फबाट अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com