मन्त्रिमण्डलमा २१ राज्यमन्त्री थप्दै देउवा


प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

– कुलचन्द्र न्यौपाने
भाद्र ४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

निधिका अनुसार माओवादीबाट राज्यमन्त्रीको नाम प्राप्त भइसकेकाले उनीहरुलाई आज बेलुका नै सपथ गराउने सम्भावना छ भने कांग्रेस र फोरमबाट थप भएका राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै सपथ ग्रहण गराइने छ ।

माओवादी राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशु–पन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन) छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com