इजरायलमा भएको आक्रमणमा परि १० जना नेपालीको मृत्यु


प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार

MIDEAST-CONFLICTS-AFTERMATH

हमासले इजरायलमाथि गरेको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ । इजरायलस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको हो । १ जना नेपाली अझै सम्पर्कमा आएका छैनन् ।

मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने र आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपचाररत रहेका छन् । दुई जना भने सुरक्षित छन् ।

घाइते हुनेमा गोरखाका हिमाञ्चल कट्टेल, सल्यानका विधान सेजुवाल, दाङका प्रविण डाँगी, कैलालीका धनबहादुर चौधरी रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, इजरायलमा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा र कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

कञ्चनपुरका बिपिन जोशी अझै सम्पर्कमा आएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com