भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु , ८५ जना घाइते
प्रकाशित मिति : भाद्र ४, २०७४ आईतबार

भाद्र ४, २०७४
भारतको उत्तरप्रदेशको मुजफ्फरनगरस्थित खतौली नजिक रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।
८५ जना घाइते भएका छन् । मुजफ्फरनगरको जिल्लाअधिकारीका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । रेलमा सवार बाँकी दुई हजार यात्रुलाई सकुशल उद्वार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुरीबाट हरिद्वार गईरहेको कलिङ उत्कल एक्सप्रेसको १३ वटा डिब्बा लिकबाट झरेर दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ ।