राज्यको कानुनमा दशैंलाई मान्यतापछि आज मेरिल्याण्डका गभर्नरबाट दशैं डे घोषणा


प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार

मेरिल्याण्डका गभर्नर वेज मूरले आज दशैं डे घोषणा गरेका छन् । मेरिल्याण्ड राज्यको दुवै सदनले पारित गरेपछि गत मे मा हस्ताक्षर गरेको दशैं बिल अनुशार गभर्नर मूरले आज औपचारिक रुपमा दशै डे घोषणा गर्दै मेरिल्याण्डका बासिन्दाहरुलाई यो उत्सवमा सहभागी हुन आव्हान गरेका छन् । गभर्नरको घोषणा मेरिल्याण्डका राज्य सांसद हयारी भण्डारीले आज गभर्नरको रिसेप्सन हलमा पढेर सुनाउँदा नेपालीहरुको समेत उपस्थीति रहेको थियो ।

गत मे ४ मा विधयेकमा हस्ताक्षर गरिएपछि  राज्यको कानुनमा दशैंलाई मान्यता दिइएको हो भने दशैं विधयेकबारे विभिन्न शिक्षण संस्थाहरुमा समेत पढाइ हुने भएको छ ।राज्य संसदको ४४६ औ सेसनले पारित गरेको हाउस विल ०९६७ ले हिन्दु नेपालीहरुको चाड दशैंलाई कोमोमोरिटिभ मान्यता दिएको हो । मेरिल्याण्डका राज्य सांसद हयारी भण्डारीले हाउसको तल्लो सदनमा यो बिल पेश गरेका थिए । त्यसपछिको भण्डारीको लविङ र अथक प्रयासपछि विधयेक पारित हुन सफल भएको थियो ।

 

गत मे महिनामा  बिल हस्ताक्षर कार्यक्रममा मेरिल्याण्डका गभर्नर लगायत । जो एंड्रुकिक / प्याट्रिक सिबर्ट, मेरिल्याण्ड गभर्नरको कार्यालय

यो विधयेकको लागि डेलिगेट भण्डारीले सन् २०१९ देखि नै कडा मेहनत गरेका थिए । तर मेरिल्याण्ड राज्यले यस्ता साँस्कृतिक महत्व वोकेको विधयेक पारित गराउन वर्षो वर्ष सम्म लगाउने ईतिहास रहेको छ । यो विधयेकपनि एजुकेशन, ईन्भारोमेन्ट र ईनर्जी समितिमा त्यत्तिकै अडकेर वसेको थियो । गत नोभेम्वर महिनामा दोश्रो कार्यकालमा विजयी भएपछि भण्डारीले १० फरबरी २०२३ मा यो विल प्रस्तुत गरे । दर्जन प्रक्रिया पूरा गरेपछि राज्य संसदको हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटिले यसलाई मार्च १० तारिखको दिन पारित गरेको थियो । त्यसपछिको हाउसको वैठकले यो विधयेक पारित गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाउसवाट विधयेक पारित भईसकेपछि मेरिल्याण्ड राज्यको संयुक्त सदनमा अमेरिकी प्यासिफिक आईल्याण्डर्स समूहको ककशमा अध्यक्ष समेत रहेका भण्डारीले सिनेटरहरुसँग छलफल र यसको महत्व वारेमा अहोरात्र खटेर जानकारी गराए । साथमा सिनेट प्रेसिडेन्ट विल फार्गशन र सिनेटमा वरिष्ठ व्यक्तित्वहरुसँग समेत निरन्तर सम्वाद र छलफल पश्चात सिनेटवाट मार्च २० तारिखको दिन यसलाई पारित गराउन सफल भएका थिए ।

गत मे महिनामा दशैं बिलमा हस्ताक्षरपछि मेरिल्याण्डका गभर्नरका साथमा । जो एंड्रुकिक / प्याट्रिक सिबर्ट, मेरिल्याण्ड गभर्नरको कार्यालय

यो विधयेकमा दशैं नेपालमा उत्पत्ति भएको र यसलाई दक्षिण एशियाली देशहरुका केही भागमा र विश्व भरि छरिएर रहेका दक्षिण एशियाली मूलका व्यक्तित्वहरुले मनाउने उल्लेख छ । साथै घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म १५ दिन सम्म यो चाड मनाईने उल्लेख छ । यो चाडले विश्व भातृत्वलाई अपनत्व गर्दे संस्कृत शब्द वसुधैव कुटुम्बकम को भावनालाई आत्मसात गर्ने तथा यो साँस्कृतिक महत्व वोकेको चाड भएको विधयेकमा उल्लेख छ ।

महान चाड वडा दशैले शरद ऋतुको मनोरम र आकर्षक मौसमलाई सम्बोधन गरेको हुन्छ । यसै सिलसिलामा एउटा दिन तोक्न पर्ने भएको कारणले अक्टोवर ५ लाई तोकेर विधयेक प्रस्तुत गरिएको हो । यसलाई कालान्तरमा अरु विधयेक जस्तै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

विश्व भाईचारा र आत्मीय भावना जागृत गराउने वडा दशैं पर्वलाई मेरिल्याण्ड राज्यले पारित गरेकाले अव हरेक वर्ष अक्टोवर ५ तारिखको दिन मेरिल्याण्ड राज्यका गभर्नरले एक घोषणा पत्र जारी गर्नेछन् । मेरिल्याण्ड राज्यमा हाईस्कूल तहमा अमेरिकाको ईतिहास अध्ययन गर्दा मेरिल्याण्ड जनरल एसेम्वलीको समेत अध्ययन हुने भएकाले यस सम्वन्धि अध्ययन गर्ने भावी पुस्ताले समेत दशैं पर्वको वारेमा जानकारी हासिल गर्न सक्नेछन् ।

 गभर्नर लगायतका नेताहरुसँग राज्य सांसद ह्यारी भण्डारी । जो एंड्रुकिक / प्याट्रिक सिबर्ट, मेरिल्याण्ड गभर्नरको कार्यालय

मेरिल्याण्डको पव्लिक स्कुल सिष्टममा यो दिन विदा माग्ने प्रक्रियाको लागि अभिभावकले आफनो काउन्टीको स्कूल सिष्टममा अनुरोध गर्न सहज हुनेछ । भण्डारीको पहलमा यस अगाडि नै वाल्टिमोर काउन्टीको पव्लिक स्कुल सिष्टममा दिपावलीको अवसरमा विद्यार्थीहरुलाई विदा दिने व्यवस्था गरिएको हो ।

ठूला ठूला विश्वविद्यालयहरुमा एशियन स्टडी गर्नेहरुको लागि समेत समन्वय र सहकार्य गर्न मद्दत पुग्ने तथा यो एउटा सांस्कृतिक कुटनीतिका लागि समेत आधार निर्माणको लागि ढोका खोल्ने माध्यम बन्नसक्ने भण्डारीले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com