अमेरिकाको ओहायोमा साथीको छुरा प्रहारबाट मारिएका बुद्धी माझीको शनिबार अन्त्येष्टी गरिने


प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार

अमेरिकाको ओहायोमा आफ्नै साथीको छुरा प्रहारबाट मारिएका बुद्धी माझीको शनिबार अन्त्येष्टी गरिने भएको छ । १३४० उडल्याण्ड एभिन्युमा रहेको ईस्टलन बरियल पार्कमा शनिबार दिउसो १ बजे अन्त्येष्टी गरिने तय भएको छ । न्यु क्रियशन नेपाली चर्च र माझी परिवारले अन्त्येष्टी र बेलुका साढे ५ बजे रेनाल्स्बर्गमा हुने श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरेको छ । श्रद्धाञ्जली कार्यक्रम ७१७५ मर्लान सर्कलमा हुनेछ ।

भुटानको माझी गाउँमा सन् १९८७ मा जन्मिएका धनमाया माझी र सुक माझीका छोरा बुद्धी माझीका एक छोरा समेत छन् । उनका दुई दाजुभाई र दुई दिदीबहिनी गरी ४ जना दाजुभाई दिदीबहिनीहरु छन् । माझी परिवार नेपालको बेलडाँगीमा झण्डै २० बर्ष बसेपछि सन् २०१२ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तरगत अमेरिका आएको थियो । केहीबर्ष जर्जियाको एटलान्टामा बसेपछि उनीहरु कोलम्बस बसाई सरेका थिए ।

सोमबार विहान ओहायोको रेनोल्ड्सबर्गमा आफ्नै साथी सूर्य भुजेलले बुद्धी माझीको हत्या गरेको प्रहरी अभियोग छ । प्रहरीको रेनोल्ड्सबर्ग डिभिजनका अधिकारीहरू फर्स्टगेट ड्राइभको ९१०० ब्लकमा रहेको घरमा पुग्दा त्यहाँ माझी छुरा प्रहारबाट सख्त घाइते अवस्थामा थिए ।

३३ वर्षीय सूर्य भुजेलले ९११ मा प्रहरीलाई फोन गरेर आफूले आफ्ना साथी ३६ वर्षीय बुद्धि माझीलाई छुरा प्रहार गरेको बताएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । अदालतका कागजातका अनुसार भुजेलले माझीसँग झगडा गरेपछि घरभित्र पसेर भान्साको चक्कु लिएर माझीको छातीमा प्रहार गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हत्या अभियोगमा थुनामा रहेका सूर्य भुजेल ।

माझीलाई अस्पताल लगिएको थियो जहाँ उनको एकघण्टापछि मृत्यु भएको थियो।  माझीलाई माउन्ट कार्मेल ईस्ट अस्पताल लगिएको थियो, जहाँ उनलाई बिहान साढे ३ बजे मृत घोषणा गरिएको थियो।

घटना राती साढे २ बजे भएको थियो । भुजेललाई घटनास्थलबाटै पक्राउ गरी लिकिङ काउन्टी कमन प्लीज कोर्टमा जघन्य हत्याको अभियोग लगाइएको छ । भुजेललाई हाल लिकिङ काउन्टी कारागारमा राखिएको छ । प्रारम्भिक सुनुवाई अक्टोबर ५ का लागि तोकिएको छ । सूर्य भुजेलपनि भुटानी शरणार्थीका रुपमा पुनर्वास कार्यक्रम अन्तरगत नै अमेरिका आएको जनाइएको छ ।

माझीको दाहसंस्कारका लागि गोफण्डमीमा रकम संकलन समेत भइरहेको छ । यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com