बेलायत पढ्न आएकी सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण


प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार

उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ ।

लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नपर्ने अनुसन्धान निष्कर्ष सुनाएका हुन् । गत १९ मेदेखि यसबारे अनुसन्धान थालिएको थियो ।

१५७ पेज लामो छ अनुसन्धान प्रतिवेदन अनुशार अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एउटा कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट छन् नजिक जान सक्दिन भनेर वेवास्ता गरि बाहिर टाउनमा गएकी थिइन् भने अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो ।

यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत आएकी थिइन् । दुर्भाग्य छोरीले अकालमै ज्यान गुमाउनु परेपछि उनको परिवार विक्षिप्त छ । सदीक्षाको जन्म वि.सं. २०५८ साल चैत ३ मा दोलखामा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com