लन्डन प्लमस्टिडबाट २४ वर्षीय निभान मगर बेपत्ता, खोजीमा सघाउन अपिल


प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार

लन्डन प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवक तीन दिनदेखि बेपत्ता भएका छन्। २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि सम्पर्कविहिन बनेको परिवारले जनाएको छ।

पछिल्लोपटक सोमबार प्लमस्टिडमा देखिएका उनी त्यसयता परिवार र साथीभाइ कसैको सम्पर्कमा छैनन् । पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए। उनका पिता नेपालमा र दिदीहरु लन्डनमै छुट्टै बस्दै आएका छन्।

निभान बेपत्ता बनेपछि परिवारले खोजीको आग्रहसहित लन्डन मेट्रिपोलिटन प्रहरीमा रिपोर्ट गरिसकेको छ। उनलाई देखेको वा उनीबारे कुनै जानकारी भए प्रहरी वा परिवारलाई खबर गरिदिन उनकी दिदी सीमा मगरले सबैलाई अपील गरेकी छन्।

तीन दिनदेखि निभान बेपत्ता हुँदा यतिबेला परिवार निकै चिन्तित छ। यसअघि उनले कहिल्यै पनि परिवारसँग सम्पर्कविहिन हुने वा टेलिफोन नउठाउने जस्ता व्यवहार नगरेको दिदी सीमाले बताइन्। उनी लागूपदार्थ वा अन्य कुनै कुलतमा फसेका पनि थिएनन् ।

विगतमा डिप्रेसनबाट पीडित निभानको स्वास्थ्य पछिल्लो समय भने ठीकठाक रहेको परिवारले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com