समाचार लेखेकै भरमा NRNA प्रवक्ताद्धारा पोर्चुगलमा पत्रकार गणेश पाण्डेय कुटिए ,ज्यानमार्ने धम्कि


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

पछिल्लो समयमा पोर्चुगलमा नेपालीहरुमाथी ठगी एवं आपराधिक कृयाकलापहरु बढ्दै गैरहेका छन् । सोही बिषयमा समाचार प्रकाशित गर्दा नेपाल पत्रकार महासँघ युरोप शाखा सदस्य पत्रकार गणेश पाण्डेय माथी गैर आवाशिय नेपाली संघ पोर्चुगलका प्रवक्ता हेमराज सुवेदीले कुटपिट तथा दुब्र्यवहार गरेका छन् ।
एन आर एन ए को प्रवक्ता पदको फाइदा उठाउदै विभिन्न गैर कानुनी र अपराधिक कार्यमा संलग्न सुबेदीको बारेमा पाण्डेले धेरै पटक समाचार लेखेका थिए, जस्तै पोर्तुगलमा नया आउने नेपालीहरुलाई ठगि गर्ने, सोसियलको गैर कानुनी खरिदबिक्रि गर्ने (https://www.youtube.com/watch?v=JTIoas7q76U) , नारीमाथिको मानसिक, आर्थिक तथा यौन शोसण , र पछिल्लो समयमा मानब तस्करी तथा नक्कली भिसामा संलग्नता ( http://www.voiceofnepal.net/2017/01/blog-post_19.html)।

घटनाको बारेमा सोधपुछ गर्दा पत्रकार पाण्डेयले खसोखासलाइ भने, म मेरो सानो छोरा युरेक पाण्डेय संग कोलोम्बो मल मा सपिङ्ग गर्न गएका थियौं । सपिङ्ग मलभित्र पुगेपछि एन आर एन ए पोर्तुगलका प्रवक्ता हेमराज सुबेदीले आफ्नो खुट्टाको जुत्ता फुकालेर हातले समाती म माथि बर्षीय। उनले सिधै तथानाम गालि गर्दै तलाई जहाँ देख्यो, तेही मार्छु भन्दै धाक धम्कि दिए। सपिङ्ग मल ब्यस्त थियो, भिडभाडका मान्छेहरु अचम्मित भए। तिनले मलाई हिर्काउदै गए , म पछि सर्दै गए किन कि मेरो साथमा हिजो मात्रै ४ बर्षको जन्मदिन मनाएको कान्छो छोरो र एउटा ठुलो झोला थियो। मैले सुबेदीसँग बिन्ति पनि गरे , हेम जी, म सँग अहिले ४ बर्षको सानो बच्चा छ, कृपया एक्लै भएको बेलमा जे गरे गर्नुस वा तपाइले बोलाएको ठाउमा आउछु। तर उनी मेरो कुरा सुन्न मन्जुर भएनन् लगातार गालीगलौच गर्दै मलाई हिर्काउने र लछारपछार गर्ने कोशिस गरिरहे। मान्छेहरुको भिड बढेपछि उनि त्यहाबाट अगाडी बढे। अलि अगाडी गएर रोकिएका सुबेदी म माथि फेरी जाईलागे। यसपटक हातमा समातेको जुत्ता लगाएर मुक्का र लातले प्रहार गर्नथाले, साथै गालीगलौच र ज्यानमार्ने धम्कि पनि दिएका छन् ।

गैर आवाशिय नेपाली संघ पोर्चुगलका प्रवक्ता हेमराज सुवेदी

उनले अगाडी भने ,आफ्नो पेशागत र सामाजिक गर्यादाले गर्दा पनि म सुबेदीले झैँ निच स्तरको गाली गर्ने र हात छोड्ने काम गर्न सक्दिन। मैले कन्चट, छाती र पिठ्युमा पिटाई खाए , कयौ पटक लछारपछार पनि भईयो। मैले ठुलो स्वरमा कराएर सहयोग माग्दा र पुलिस भनेर गुहार माग्दै गर्दा मेरो झोलामा भएको सानो गोप्रो क्यामेरा निकाले र यतिकैमा सुबेदी फरार भएका थिए । यसै क्रममा ४ बर्षको मेरो सानो छोरोलाई पनि चोट लागेको रहेछ। त्यसपछि त्यहाँ पुलिस आए र हामीलाई थप बयानको लागि त्यही सपिङ्ग मलमा भएको पुलिस चौकीमा लगियो जहाँ हाम्रो उजुरी लेखिएको छ ।

पत्रकार पाण्डेयका ४ बर्षिय छोरा युरेक पाण्डेय

उक्त घटनामा पाण्डेयका ४ बर्षिय छोरा को बाया हात सामान्य सुन्निएको तथा डाक्टरको बरफले सेक्ने सल्लाह दिएपछि त्यसो गर्दा हात सोमबार बेलुकासम्म झनै सुन्निएको थियो । अर्कोदिन बिहानै फेरी अस्पताल जाँदा सुन्निएको असामान्य भन्दै डाक्टरले एक्सरे गरेका छन् । त्यसपछि हातमा समस्या देखिएपछि प्लास्टर गरियो र अब कम्तिमा २ हप्ता प्लास्टर राख्नुपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकार पाण्डेय माथी भएको उक्त घटनाकोसर्बत्र बिरोध गरिएको छ भने सामाजिक सञ्जालहरुमा समेत निन्दा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com