कसले फाइल गर्ने अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्ड? कसले पाउनेछन् भिसा अप्वाइन्टमेन्ट?


प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको अक्टोबरको भिसा बुलेटिन अनुशार परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड अक्टोबरमा करेन्ट नहुने भएको छ । युएससीआईएसले पनि सोही फाइलिङ मितिलाई नै आधार मानेकाले कुनै पनि श्रेणीमा अमेरिकामा हुनेले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने छैन ।

भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीको ग्रिनकार्ड अक्टोबरमा पनि करेन्ट नहुने भएको छ । अर्थात् अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुले अक्टोबरमा आई १३० आवेदनका साथमा एकसाथ आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछैनन् ।

अक्टोबरमा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्न वा नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउन आवेदनको प्राथमिकता मिति सेप्टेम्बर १ २०२३ भन्दा अगाडिको हुनुपर्नेछ । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा ८ फरबरी २०१९ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुलेमात्र दूतावासमा भिसाका लागि अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन सक्नेछन् । सेप्टेम्बरको तुलनामा यो मिति १ बर्ष १ महिना कम भएकाले थोरै राहत मिलेको छ । अर्थात् फाइल गरेको मितिले ४ बर्ष ८ महिनामा आप्रवासी भिसा (ग्रिनकार्ड) पाउन सकिनेछ ।

उल्लेखित मितिभन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्रै हुनेहरुले अक्टोबरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । बाहिर हुनेहरुका सन्दर्भमा नेशनल भिसा सेन्टरले पनि यही मिति अनुशार प्रकृया अगाडि बढाउनेछ ।

अब्टोबरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउनका लागि लाग्ने अवधि ८ बर्ष १० महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अब्टोबरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति १ जनवरी २०१५ भन्दा अगाडिको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउने लाग्ने अवधि ८ बर्ष १ महिना पुगेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अक्टोबरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति २२ सेप्टेम्बर २०१५ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा उल्लेखित मितिभन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र अक्टोबरमा भिसाका लागि दूतावासमा अन्तरवार्ता अप्वाइन्टमेन्ट प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि निकै लामो छ । सेप्टेम्बरको भिसा बुलेटिन अनुशार यो अवधि १४ बर्ष १० महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अक्टोबरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति ८ जनवरी २००९ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष ६ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अक्टोबरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ । तर भिसाको अप्वाइन्टमेन्ट पाउन भने आवेदनको प्राथमिकता मिति २२ अप्रिल २००७ भन्दा अगाडिको हुनुपर्छ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरु, १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु, १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com