टेक्सासको कोठामा मृत्यु भएको पाँचौं दिनमा भेटिएको थियो आशिष भट्टको शव, नेपाल पठाउन असम्भव


प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार

अमेरिकाको टेक्सासमा निधन भएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको शव नेपाल पठाउन नसकिने भएको छ । प्रहरी रिपोर्टलाई उद्धृत गर्दै इनेप्लिजमा प्रकाशित समाचार अनुशार मृत्यु भएको ४ दिनपछिमात्र भट्टको शव कोठामा फेला परेकाले शव नेपाल पठाउन असम्भव भएको हो ।

प्रहरीको रिपोर्ट अनुसार उनको सेप्टेम्बर १ मा मृत्यु भएको थियो । सेप्टेम्बर १ मा आफै प्राण त्याग गरेता पनि सेप्टेम्बर ५ सम्म उनको शव कोठामा नै रहेको थियो । त्यसपछिमात्र उनको शव फेला परेको थियो ।

टेक्ससको अर्भिंगमा आफनै कोठामा मृत भेटिएका आशिष भट्टको मुत्यु भएको पाँचौ दिन मात्रै प्रहरीले जानकारी प्राप्त गरेको थियो । उनी कोठामा एक्लै बस्ने गरेको र नेपाली समुदायसंग सम्पर्कमा नभएका कारण मृत्युको खबर नेपाली समुदायले ८ दिनमा प्राप्त गरेका थिए । नेपाली समाज टेक्ससले सेप्टेम्बर ८ मा घटना बारे जानकारी प्राप्त गरेको थियो ।

भट्टका एक स्पानिस महिला साथीले सेप्टेम्बर ५ मा साँझ ५ बजे तिर प्रहरीलाई खबर गरेकी थिइन् । सेप्टेम्बर ११ सोमबारका दिन नेपाली समाज टेक्ससका विजय भुषाल, आशिषका आफन्त सृजन भट्ट अर्भिंग प्रहरी बिभागमा पुगेपछि प्रहरीले केही थप जानकारी दिएका थिए ।

सोमबार मात्रै आशिषको शब ड्यालसको दाह संस्कारगृहमा ल्याइएको छ । आमाबुवाको एक मात्र छोरा र बुवा बिरामी समेत रहेकोले बुबाले छोराको मुख हेर्ने इच्छा व्यक्ति गरेका कारण संस्थाले शव नेपाल पठाउन कोसिस गरेको थियो । तर शव परीक्षण गर्ने निर्देशकले शवको स्थितिको कारण नेपाल नलैजान सिफारिस गरेका छन् ।

नेपाल नपठाउन सिफारिस गरे पछि आशिषका नेपालमा रहेका परिवार दिदीबहिनि तथा अष्टेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा टेक्सस राज्यको ड्यालसमै अन्तेष्टि गरिने भएको छ ।

एनएसटिका बिजय भुषालका अनुसार नेपाल शव पठाउन नपरे पछि संचालनमा ल्याइएको गो फण्डमीमा संकलन भएको १५ हजार ६ सय ८१ डलर उनको अन्तेष्टि र बाकी रहेको रकम नेपालमा आफ्ना परिवारजनलाई हस्तान्तरण गरिने भएको छ । स्व भट्ट अर्बिंग शहरमा बसोबास गर्दै आएका आमाबुवाका एक्लो छोरा र अविवाहित रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com