नेपाली समुदायको सम्मानमा सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयरले नेपालको झण्डा फहराउने


प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा न्युयोर्क सिटीको म्यानहटनमा नेपालको झण्डा फहराउने भएका छन् । सेप्टेम्बर २० मा हुने एक विशेष कार्यक्रमका बीच मेयर आडम्सले नेपालको झण्डा फहराउने आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रम विहान ९ बजे सुरु हुने भएकाले सबैलाई नेपालीपन झल्किने पोशाकमा समयमै उपस्थीत हुन अनुरोध गरिएको छ ।

अमेरिकामा रहेको नेपाली समुदायले गरेको सामाजिक,आर्थिक, राजनीतिक, सांस्कृतिक लगायतको योगदानको सम्मान स्वरुप मेयर आडम्सले नेपालको झण्डा फहराउने कार्यक्रम गरिन लागेको हो । म्यानहटनको वल्र्ड ट्रेड सेन्टर नजिकै वाल स्ट्रीटमा रहेको चार्जिङ बुलको ठ्याक्कै अगाडि रहेको बलिङ ग्रिन पार्कमा नेपालको ८ फिट अग्लो झण्डा फहराइने भएको छ । संविधान दिवशको अवशर पारेर झण्डा फहराउने कार्यक्रम तय गरिएको छ ।

झण्डा फहराउने कार्यक्रमको प्राविधिक तयारी पूरा भएको र अहिलेसम्म झण्डै ३ दर्जन अमेरिकामा रहेका नेपाली संघ संस्थाहरु सहयोगी संस्थाका रुपमा आइसकेको उल्लेख गर्दै माइनोरिटी इम्पावरमेन्ट नेटवर्कले आयोजना गरेको पत्रकार सम्मेलनमा न्युयोर्कमा रहेका अन्य नेपाली संघ संस्थालाई पनि सहयोगी संस्थाका रुपमा सहभागी हुन आव्हान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यो कार्यक्रम सम्पूर्ण नेपाली समुदायको सम्मानका लागि गरिएकाले सबै नेपाली समुदाय र संघ संस्थाले अपनत्व अनुभव गरेर कार्यक्रम सफल बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । न्युयोर्क सिटीका मेयरले नेपाली समुदायका सम्मानका लागि गर्ने कार्यक्रम कुनै संघ संस्था वा व्यक्तिले छुटेको अनुभव गरेमा वा अपनत्व महसुस गर्न नसकेमा त्यो सोही संस्था र व्यक्तिको कमजोरी हुने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डा फहराउने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट

न्युयोर्क सिटीको मेयर कार्यालय र बलिङ गिन पार्क एसोसिएसनको संयुक्त आयोजनामा हुने नेपालको झण्डा फहराउने कार्यक्रम न्युयोर्क सिटीमा पहिलो हो । कार्यक्रम सफल बनाउनका लागि मेयर कार्यालयको इमिग्रेशन अफेयर्स, इन्टरनेशनल अफेयर्स, कम्युनिटी अफेयर्स लगायतले पनि काम गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका अध्यक्ष तथा क्वीन्स डिस्ट्रिक्ट एटोर्नीका दक्षिण एसियाली सल्लाहकार श्याम कार्कीले न्युयोर्क सिटीका मेयरबाट नेपाली समुदायलाई प्राप्त सम्मान विगत लामो समयदेखि नेपाली समुदाय र समुदायका अग्रजहरुको योगदानको प्रतिफल रहेको बताउनुभयो । नेपालको झण्डा अहिलेमात्र फहराइने कार्यक्रम रहेपनि यसको विराशत विगतदेखि नै जोडिएको र नेपाली समुदायका हरेक व्यक्ति यो सम्मानको भागिदार भएको बताउनुभयो ।

कार्यक्रममा माइनोरिटी इम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधरले अमेरिकामा नेपाली नेपाली समुदायको सम्मानमा विगतमा पनि न्युयोर्कले नेपाल डे, माउन्ट एभरेष्ट डे लगायतका दिवसहरु पारित गरिसकेको तथा माउन्ट एभरेष्ट वे, तेन्जिङ नोर्गे शेर्पा वे जस्ता बाटोको नामाकरण गरिसकेको उल्लेख गर्दै नेपालको झण्डा फहराउने कार्यक्रम अर्को कोशेढुंगा सावित हुने बताउनुभयो । अमेरिकामा नेपाली समुदाय तीब्र रुपमा बृद्धि भइरहेको समुदायमध्येको एक रहेको उल्लेख गर्दै नेपाली समुदायप्रति मुलधारका राजनीतिज्ञहरुको चासो बढ्नु सकारात्मक भएको बताउनुभयो ।

मेयर एरिक आडम्स

त्यस्तै कानुन व्यवसायी तथा अमेरिकामा नेपाली मुलका पहिलो वकिल खगेन्द्र जीसीले यो कार्यक्रम कुनै एक नेपाली संस्थाको कार्यक्रम नभई सम्पूर्ण समुदायको कार्यक्रम भएकाले सम्पूर्ण समुदाय एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेपालको झण्डा हरेक नेपालीको झण्डा भएकाले सबै नेपालीहरु यो झण्डासँग सम्बन्धित भएको तथा यो झण्डा सबै नेपालीसँग सम्बन्धित भएको उल्लेख गर्दै उहाँले कार्यक्रममा सहभागी हुन सबैलाई आव्हान गर्नुभयो ।

त्यस्तै न्युयोर्क सिटीको मेयरका लागि एसियन अफेयर्स एड्भाइजरी काउन्सिलका सदस्य नवराज केसीले यस्ता कार्यक्रमहरुमा नेपाली समुदायको एकता देखाएमा नेपाली समुदायका समस्याहरु समाधानका लागि स्थानीय सरकारको ध्यानकर्षण गराउन सहज हुने उल्लेख गर्दै कार्यक्रममा सहभागिताका लागि सबैलाई आव्हान गर्नुभयो ।

मेयर एरिक आडम्सले फहराउने नेपालको झण्डा अर्को झण्डा फहराउने कार्यक्रम नहुन्जेलसम्म पार्कमा फहराइरहनेछ । कार्यक्रममा मेयर एरिक आडम्सले सम्बोधन समेत गर्ने जनाइएको छ । वर्ल्ड ट्रेड सेन्टर, वाल स्ट्रीट, चार्जिङ बुल, ब्याट्री पार्क लगायत तल्लो म्यानहटन घुम्न जान चाहने जो सुकैले पनि नेपालको झण्डासँग तस्वीर खिच्न पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com