नेपाली महावाणिज्यदूतावास न्युयोर्क अब नयाँ लोकेशनमा


प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार

नेपाली महावाणिज्यदूतावास न्युयोर्क नयाँ लोकेशनमा सरेको छ । महावाणिज्यदूतावासको २१६ इस्ट ४९ स्ट्रीटको चौथो तल्लाबाट संचालित कार्यालय अब २२८ इस्ट ४५ स्ट्रीटको चौथो तलाइको सुइट ४०० मा सरेको छ । सेप्टेम्बर १ देखि कार्यालय नयाँ ठेगानामा सरेको महावाणिज्यदूतावासले जनाएको छ ।

सार्वजनिक विदा बाहेक सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि दिउसो साढे २ बजेसम्म महावाणिज्यदूतावासबाट कन्सुलर सेवा लिन सकिनेछ । वेवसाइट, इमेल र टेलिफोन भने पहिलकै कायम रहेको छ ।

सेप्टेम्बर ५ मंगलबारदेखि नयाँ कार्यालयबाट सेवा सुरु गरिएको हो । नियोगमा हुलाकमार्फत सेवाको आवेदन गर्ने सेवाग्राहीहरु र पत्रचार गर्नेहरुले नयाँ ठेगानामा पठाउनुपर्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com