अमेरिकामा रहेको फाउण्डेशनले दियो छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई एक-एक लाख पुरस्कार


प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार

अमेरिकामा रहेको इन्स्पायर नोबल फाउण्डेशनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई पुरस्कार रकम प्रदान गरेको छ । त्रिपुरेस्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनले क्रिकेटर सोमपाल कामी र कुशल भुर्तेललाई जनही एक एक लाख रुपैयासहित सम्मान गरेको हो ।

चलचित्र निर्देशक चन्द्र पन्त अध्यक्ष रहेको फाउण्डेशनले एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा प्रत्येक छक्का र विकेट लिए पावत ५० हजार दिने र विजयी भएमा टोलीलाई ५ लाख रूपयाँ दिने घोषणा गरेको थियो । सोही अनुरुप फाउण्डेशनले नेपाल खेलकुद पत्रकार मञ्चको रोहवरमा सोमपाल र कुशललाई एक–एक लाख रुपैयाँ प्रदान गरेको हो । कुशल र सोमपालले भारतविरुद्ध दुई दुई छक्का प्रहार गरेका थिए ।

कुशल र सोमपाललाई फाउण्डेशनका नेपाल प्रतिनिधी सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।

अमेरिकामा रहेका फाउन्डेसनका अध्यक्ष पन्तले खेलाडीलाई आगामी दिनका लागि उत्साहित बनाउन रकम प्रदान गरिएको बताएका छन् । आफ्नो संस्थाले सकारात्मक सन्देश दिन नेपाली क्रिकेट टोली देश फर्किएको भोलीपल्टै घोषणा गरेबमोजिम रकमप्रदान गरेको अध्यक्ष पन्तले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com