अमेरिका निवासी बुद्धिसागर सुवेदी नेतृत्वको कम्पनीले रूपन्देहीको टाइगर प्यालेस रिसोर्ट संचालन गर्ने


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त रिसोर्ट सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यसअघि टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब रु पाँच अर्ब लगानी गरेको समेत उक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । सुवेदी एनआरएन अमेरिकाको पूर्व अध्यक्ष समेत हुन् ।

यसैगरी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको सञ्चालक दीपकदत्त गौतमले बताए । “अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ, विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ,” उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त रिसोर्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन ।रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, व्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको अध्यक्ष सुवेदीले बताए । “नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकाले हामी केही गैरआवासीय नेपालीहरूले यो रिसोर्ट मार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौँ,” उनले भने।

रिसोर्टको लगानीकर्ता अष्ट्रेलियाली कम्पनी आर्थिकरूपमा धरासायी भएको र टाइगर प्यालेस पनि बन्द हुने अवस्थामा पुगेको अवस्थामा एक करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । अब उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न आफूहरूलाई अनुमानित रु चार अर्बको दायित्व बहन गर्नुपर्ने अवस्था आएको सञ्चालक गौतमले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com