अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा


प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार

न्युयोर्कको छैठौं डिस्ट्रिक्टबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा व्यक्त गरेकी छिन् । न्युयोर्कका नेपाली समुदायका सदस्यहरुसँगको एक भेटमा उनले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने उल्लेख गर्दै मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छा व्यक्त गरेकी हुन् ।

उनले आफू जनताबाट निर्वाचित जनप्रतिनिधीको हैसीयतले कुनैपनि पार्टी, व्यक्ति एवं समुदायप्रति निष्पक्ष भई कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागी परेको प्रष्ट पारिन् । उनले सरकार समक्ष यथेष्ट बजेटको माग गर्दै जटिल बन्दै गईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन प्रशासनलाई घच्घच्याईरहेको बताइन् । उनले नेपाली समुदाय लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागिपर्ने बचनबद्दता समेत व्यक्त गरिन् ।

गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको नेतृत्वमा गएको नेपाली समुदायको टोलीले अमेरिकामा आप्रवासीहरुले स्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ती बेहोरेको र वर्षौंदेखि परिवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक तनाव बेहोरेको उल्लेख गर्दै जिम्मेबार सांसदको हैसियतले यो समस्या यथाशीघ्र कानुनी रूपमा समाधानको लागि बाटो खोज्न आग्रह गरे । भेटपछि फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले नेपालको मौलिक कला र संस्कृति झल्काउने उपहारहरु प्रदान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com