उत्तरी क्यालिफोर्नियामा कागजपत्रविहिन आप्रवासी पक्राउ दर बढ्दो


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको तथ्यांक अनुशार पछिल्लो महिनामा उत्तरी क्यालिफोर्नियामा अध्यागमन अधिकारीहरुले सबैभन्दा धेरै आप्रवासीहरुलाई पक्राउ गरेका छन् । यसक्षेत्रमा नेपालीहरुको पनि बाक्लो उपस्थीति रहदै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता देशभर ५४ हजार ७ सय आप्रवासीहरु पक्राउ परेकोमा उत्तरी क्यालिफोर्नियाबाट पक्राउ पर्नेहरुको संख्या पनि उल्लेख्य छ ।

गतबर्षको सोही अवधिको तुलनामा यसबर्ष पक्राउ पर्नेहरु ३७ प्रतिशतले बढी छन् । जनवरीदेखि जुनसम्म पक्राउ पर्नेहरुमध्ये ११ हजार ७ सय भन्दा धेरै कुनै आपराधिक इतिहास नभएकाहरु हुन् । यद्यपी पहिले नै देशनिकाला भएर पुन प्रवेश गरेकाहरुलाई समेत आपराधिक इतिहासका रुपमा गणना गरिएको छ ।

सन् २०१७ को सुरुतिर जनवरीदेखि अप्रिलसम्म उत्तरी क्यालिफोर्निया फिल्ड अफिसको क्षेत्राधिकारभित्र पर्ने हवाई, गुआम, साइपन लगायतका क्षेत्रमा आप्रवासी पक्राउ दर अलिकति कम थियो । तर मे महिनापछि भने ह्वात्तै बढेको छ । यो संख्यामा सिमाक्षेत्रमा कस्टम एण्ड बोर्डर प्रोटेक्सनले पक्राउ गरेकाहरुको संख्या उपलब्ध छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com