न्युयोर्कमा शिव श्रेष्ठ र अनमोल केसी लगायत २० जनालाई ग्लोबल नेपाली फिल्म अवार्ड


प्रकाशित मिति : श्रावण २८, २०८० आईतबार

न्युयोर्कमा सम्पन्न छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा शिव श्रेष्ठ र अनमोल केसी लगायत नेपाली फिल्म क्षेत्रमा २० जनालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । छैठौं एटीए एभरेष्ट फिल्म लाइफटाइम अचिभमेन्ट अवार्ड बरिष्ठ कलाकार शिव श्रेष्ठले पाएका छन् । सर्वोत्कृष्ट अभिनेताका लागि स्टार अफ दर इयर अवार्ड अनमोल केसीले पाएका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीका लागि स्टार अफ दर इयर अवार्ड स्वस्तिमा खडकाले पाएकी छिन् ।

सर्वोत्कष्ठ डायस्पोरा चलचित्रको अवार्ड लक्का जवानले र सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रेम गीत ३ ले पाएका छन् । सर्वोत्कृष्ट निर्देशकका लागि डाइरेक्टर अफ द इयर अवार्ड सन्तोष सेनले पाएका छन् भने उत्कृष्ट कोरियोग्राफरका लागि कोरियोग्राफर अफ द इयर अवार्ड शिव विकले पाएका छन् । फिल्म अचिभमेन्ट अवार्ड सरोज खनालले, उत्कृष्ट प्लेब्याक गायिकाका रुपमा सिंगर अफ द इयर अवार्ड प्रविशा अधिकारीले, बेष्ट सर्पोटिङ एक्टर अवार्ड पुरुषतर्फ सुनिल थापाले र महिलातर्फ प्रियंका कार्कीले पाएका छन् ।

सुवास बि थापालाई डायस्पोराका उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ । निशा पाठकलाई विशेष टोकन अफ लभ प्रदान गरिएको थियो । नारायण श्रेष्ठ, सुनिल पाठक, नारायण पुरी, पुरन जोशी र विना बुढाथोकीले अभियान श्री इन्टरनेशनल अवार्ड पाएका छन् । नेपाल फिल्म सोसाइटी अभिनन्दन अवार्ड पाउनेहरुमा अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रमदान र शिव पुरी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको क्विन्समा रहेको मेलरोज बलरुममा आयोजित अवार्ड समारोहमा चर्चित नेपाली कलाकारहरुको बाक्लो उपस्थीति रहेको थियो । चलचित्रकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । अवार्डका अघिल्ला संस्करणहरु अमेरिकाको कोलोराडो,क्यालिफोर्निया लगायतका राज्यहरुमा भएका थिए भने यो छैठौं संस्करण हो । न्युयोर्कको कार्यक्रममा ड्रिम्स युनिभर्सल एलएलसीले आतिथ्यता गरेको हो भने गर्ने यसका प्रमुख शैलेन्द्र श्रेष्ठ हुन् ।

चलचित्र क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई पनि सम्मान गरिएको समारोहमा मिस नेपाल नर्थ अमेरिका जुवली शेर्पा द्वितीय उप बिजेता इशा सुवेदीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । अवार्ड समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पनि उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन निशा पाठक, बिक्की पुलामी, प्रिया रानी लामा र सागरिका श्रेष्ठले गरेका थिए ।

कार्यक्रम नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा गरेको हो । अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com