प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा दोहोरो नागरिकताको माग गर्दै पिटिसन


प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। वंशजको नाताको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष राखेर अनलाइन पिटिसन सुरु गरिएको हो ।

प्रवासी नेपालीहरूको अभिष्ट एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनात्मक एकतालाई मूर्तरूप दिन प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था गर्ने लक्ष लिएर अमेरिकाको न्यूजर्सीमा स्थापना र दर्ता भएको नेपाली डायस्पोरा सन्जालले यो अभियान सुरु गरेको हो । सन्जालले सरोकारवाला सबैलाई अनलाईन पिटिसनमा सहभागी भएर नेपालको संविधानमा वंशजको नाताको आधारमा दोहोरो नागरिकताको व्यवस्थाको मागलाई पुरा गर्न योगदान दिन अपील गरेको छ।

 

यदि तपाई पनि वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको मागमा ऐक्यवद्धता जनाउन चाहनुहुन्छ भने यहाँ क्लीक गरेर अनलाइन पिटिसनमा हस्ताक्षर गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली डायस्पोरा सन्जालका तर्फबाट श्री प्रसाद पराजुली, मिलन कुमार शाही, प्रदीप परियार थापा मगरले जारी गरेको वक्तव्यमा दोहोरो नागरिकताले नेपाली डायस्पोराका एनआरएनहरूलाई मात्र फाइदा पुग्ने नभई नेपालको समग्र प्रगति, समृद्धि र कल्याणमा ठूलो योगदान पुर्‍याउने दृढ विश्वास रहेको जनाइएको छ । पिटिसनमा हस्ताक्षर गर्दै विश्वव्यापी छलफलहरू प्रारम्भ गर्न, सान्दर्भिक सरोकारवालाहरूलाई संलग्न गर्न र दोहोरो नागरिकताका नीतिहरू लागू गर्नका लागि आवश्यक कदमहरू चाल्ने दिशामा अगाडि बढ्न सम्पूर्ण नेपाली डायस्पोरालाई आव्हान गरिएको छ ।

नेपाली डास्पोरालाई वंशजको नाताको आधारमा दोहोरो नागरिकताको व्यवस्था गर्न आवश्यक हुनुका कारणहरु पनि वक्तव्यमा सुचिकृत गरिएको छ । जसमा दोहोरो नागरिकताले व्यक्तिहरू र तिनीहरूको मूल देशहरू बीचको सम्बन्धलाई बलियो बनाउने, दोहोरो नागरिकताले नेपालको अर्थतन्त्र र समृद्धिमा सकारात्मक प्रभाव पार्न सक्ने, दोहोरो नागरिकता सांस्कृतिक सम्बन्ध, पैतृक सम्बन्ध र आफ्नो वंशजको सम्पदालाई कायम राख्नको लागि महत्त्वपूर्ण रहेको र आप्रवासनको विश्वव्यापी प्रकृति तथा यसले ल्याउने अवसरहरू पहिचान गर्न सकिने वक्तव्यमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com