अमेरिकामा बस्ने हजारौं नेपालीका हराएका चेक राज्यकोषमा, एउटैको ९३ हजारसम्म, यसरी गरौं दावी


प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार

अमेरिकामा बस्ने हजारौं नेपालीका हराएका चेकहरु विभिनन राज्यको कोषमा थन्किएर बसेका छन् । उनीहरुले आफ्नो रकम दावी नगरेका कारण उक्त रकम राज्यको बैंकमा थन्किएर बसेको हो । प्रणालीमा चेक गर्दा हजारौं नेपालीहरुको लाखौं डलर दावी गर्न बाँकी रहेको देखिएको छ भने एकजना नेपालीका  नाममा ९३ हजार ४ सय ३४ डलरसम्म रहेको छ ।

खसोखासले प्रणालीमा चेक गर्दा टेक्सासमा एउटै नेपालीको नाममा ५ हजार डलरसम्म रकम देखियो भने २ हजार डलरभन्दा माथि दावी गर्न बाँकी रहेको रकम धेरै नेपालीहरुका नाममा देखियो । न्युयोर्कमा पनि नेपालका व्यक्तिगत र विजनेशका हराएका चेकहरु प्रणालीमा उल्लेख्य रुपमा देखिएको छ ।

यसरी हराएका चेकहरु अनलाइनमार्फत दावी गरेमा आफ्नो रकम प्राप्त गर्न सकिन्छ । यो रकममा बिर्सिएको बचत खाता, हराएको पेचेक र स्टक वा बन्ड जस्ता चीजहरू समावेश छन्।

यदि तपाईको पनि कुनै चेक हराएको थियो वा कुनै रकम दावी गर्न छुटाउनुभएको थियो भने अनलाइनमार्फत सहजै चेक गरेर उक्त रकम लिन सक्नुहुनेछ । त्यसका लागि हरेक राज्यका फरक फरक वेवसाइटहरु छन् ।

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com

त्यहाँ तपाईले आफ्नो नाम, थर हालेर विवरण हेर्न सक्नुहुनेछ । यदि तपाईको नाम त्यहाँ देखिएका खण्डमा तपाईले उक्त रकम दावी गर्न सक्नुहुनेछ । त्यसमा लागि वेवसाइटमा दिइएको निर्देशिका अनुशार दावी गर्नुहोला ।

यदि तपाईंले आफ्नो नाममा एक वा बढी रकम फेला पार्नुभयो भने तपाईलाई बधाई छ । तपाइँ यसलाई अनलाइन दावी गर्न सक्षम हुन सक्नुहुन्छ । जसको मतलब तपाइँले केही हप्ता भित्र उक्त चेक प्राप्त गर्न सक्नुहुनेछ। केही खाताहरूमा तपाइले थप कागजात पेश गर्नुपर्ने हुनसक्छ । कागजात हुलाक र अनलाइनबाट पेश गर्न सकिन्छ । तपाईं कोषको सही मालिक भएको प्रमाणित गर्न तपाईंबाट थप कागजातहरू आवश्यक हुनसक्छ ।

आफ्नो दाबी पेश गर्न तपाईंले चरणवद्ध निर्देशनहरू पालना गर्नु महत्त्वपूर्ण छ। तपाईंले दावी फाइल गरेपछि सम्बन्धित राज्यको वेबसाइटको न्यूयोर्क राज्य कार्यालयमा यसको अपडेट जाँच गर्न सक्नुहुन्छ।

तपाईले व्यक्तिको मात्र होइन, आफ्नो व्यवसायको पनि दावी नगरिएको रकम हेर्न र दावी गर्न सक्नुहुनेछ । यो रकम दावी गर्दा तपाईलाई कुनै नोक्सान हुँदैन । यो रकम तपाईले पाउनुपर्ने तर कुनै कारणवश तपाईको खातासम्म नआइपुगेको रकम हो ।

आफू बसेको राज्य छनौट गरेर त्यसमा क्लीक गरेर तपाईले आफ्नो रकम हराए नहराएको चेक गर्न तल दिइएका राज्यको नाममा क्लीक गर्नुहोला ।

 

Alabama
Alaska
Alberta
Arizona
Arkansas
Bank of Canada
British Columbia
California
Colorado
Connecticut
Delaware
District of Columbia
Florida
Georgia
Guam
Hawaii
Idaho
Illinois
Indiana
Iowa
Kansas
Kentucky
Kenya
Louisiana
Maine
Maryland
Massachusetts
Michigan
Minnesota
Mississippi
Missouri
Montana
Nebraska
Nevada
New Brunswick
New Hampshire
New Jersey
New Mexico
New York
North Carolina
North Dakota
Ohio
Oklahoma
Oregon
Pennsylvania
Puerto Rico
Quebec
Rhode Island
South Carolina
South Dakota
Tennessee
Texas
US Virgin Islands
Utah
Vermont
Virginia
Washington
West Virginia
Wisconsin
Wyoming

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com