अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको सपना समाप्त, शव नेपाल पठाइदै


प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार

अध्ययनका लागि अमेरिका आएका २६ बर्षीय उज्जवल थापाको मृत्युपछि शव नेपाल पठाइने भएको छ । उनको शव भोलि कतार एयरवेजमार्फत फिलाडेल्फियाको एयरपोर्टबाट नेपाल फिर्ता पठाउने तयारी भइरहेको मेरिल्याण्डका लागि नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए ।

सन् २०१६ मा विद्यार्थी भिसामा अमेरिका आएका थापाको जुलाईको पहिलो साता अलाबामामा मृत्यु भएको थियो । अलाबामाबाट शव नेपाल पठाउन समस्या भएपछि उनको शव मेरिल्याण्ड ल्याइएको र सकभर भोलि नेपाल पठाइने भण्डारीले जानकारी दिए । अझै केही कागजात मिलाउन बाँकी रहेको र सकभर भोलि नै शव नेपाल पठाइने उनले बताए ।

थापाको शव नेपाल पठाउन र परिवारलाई सघाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले गोफण्डमी एकाउन्ट समेत बनाइएको थियो । जसमा झण्डै ४५ हजार डलर संकलन भएको छ । उनको शव नेपाल पठाउनका लागि खोलिएको गोफण्डमीमा अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुले उल्लेख्य सहयोग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको लोपस रोगका कारण निधन भएको र परिवारको अनुरोधमा शव नेपाल पठाइने जनाइएको छ । सुरुमा अलाबामाबाट शव नेपाल पठाउन खोजिएपनि विमानस्थल टाढा भएपछि र धेरैवटा ट्रान्जिट हुँदै लैजानुपर्ने अवस्था भएपछि फ्युनरल डाइरेक्टरले उडान बुक गर्न सकेका थिएनन् । त्यसपछि राज्य सांसद भण्डारीले सहयोग अगाडि बढाएका थिए ।

भण्डारीले एक महिनाको अवधिमामात्र ५ जना नेपालीको दाहसंस्कार, शव नेपाल पठाउन र परिवारका सदस्यहरुलाई दाहसंस्कारमा अमेरिकामा ल्याउनका लागि सहयोग गरिसकेका छन् । त्योभन्दा अगाडि पनि भण्डारीले शव नेपाल पठाउन र दाहसंस्कारका लागि नेपाली समुदायमा उल्लेख्य सहयोग गर्दै आएका छन् । कोरोना महामारीमा अस्पतालमा नेपालीका शव पहिचान गर्न र फ्युनेरल होम नपाउँदा समेत दाहसंस्कारका लागि फ्युनेरल होम मिलाउन भण्डारीको सहयोग उल्लेखनीय थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com