१० बर्षपछि लस एन्जलसमा आइतबार गायक राजु लामाको कन्सर्ट हुँदै, नेपालीहरु उत्साहित


प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार

१० बर्षपछि लस एन्जलसमा गायक राजु लामाको कन्सर्ट हुने भएको छ । जुलाई २३ आइतबार बेष्टमिनिष्टर क्यालिफोर्नियामा रहेको मुनलाइट बैंकटमा हुने लाइभ कन्सर्टका लागि सबै तयारी पूरा भइसकेको आयोजकमध्येका एक अमृत महतोले जानकारी दिए । कार्यक्रमका लागि आफूहरु निकै उत्साहित रहेको उनले बताए । कार्यक्रममा २५० भन्दा बढी दर्शकहरु उपस्थीत हुने र उल्लेख्य संख्यामा टिकट बिक्री भइसकेको उनले जानकारी दिए ।

बेलुका ७ बजेदेखि १२ बजेसम्म हुने कन्सर्टमा प्रवेश शुल्क ४० डलर तोकिएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले समेत साथ दिने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमका अन्य आयोजकहरुमा राजेश निरौला, रमेश श्रेष्ठ, जितेन थापा, सुजना श्रेष्ठ, अमृत लुइटेल, महेन्द्र मगर र प्रश्मीता कार्की रहेका छन् । हालै अष्ट्रेलिया र युरोपका विभिन्न सहरमा कार्यक्रमहरु पछि अमेरिकाको लस एन्जलसमा गायक राजु लामाको कन्सर्ट हुन लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजु लामा झण्डै ३ दशकदेखि गीतसंगीतमा सकृय रहदै आएका छन् भने मंगोलियन हर्ट श्रृंखला अन्तरगतका उनका गीतहरु निकै चर्चित रहेका छन् । उनले नेपालीबाहेक अन्य भाषामा समेत कैगन गीतहरु गाएका छन् । गतबर्ष उनले जलवायु परिवर्तनबारे जनचेतना जगाउने उद्देश्यले सगरमाथाको समेत सफल आरोहण गरेका थिए । लामाका तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ, हेर्दा हेर्दै, शायद तिम्रो बाटोमा, ओई नाना, गाजलु टिका, नतानु त तानु लाग्ने जस्ता दर्जनौं गीतहरु हिट रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com