गुल्मी समाज पोर्चुगलको अध्यक्षमा अमृत रिजाल, यस्तो छ बाँकी टिम


प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार

गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशनले अध्यक्षमा अमृत रिजाललाई निर्विरोध निर्वाचित गरेको छ । लिस्बन आन्जुस स्थित जुजु रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पाण्डेय र उपाध्यक्षहरुमा मोहन खड्का, चुमानसिंह ठकुरी, कमल अर्याल, नरेन्द्र गिरी, बल रायमाझी चयन भएका छन् ।

महिला उपाध्यक्ष लक्ष्मी पन्थी, महासचिव गोविन्द कँडेल, सचिव केशव अर्याल, विनोद सापकोटा, कोषाध्यक्ष दिनेश सापकोटा, सहकोषाध्यक्ष प्रभा गौतम, कार्यसमिति सदस्यहरु, शिव अर्याल, नारायण कुँवर, मेयर सिंह ,अजय पन्थी, प्रेम मगर, मिलन राना, चुमान बस्नेत, नवीन सापकोटा, मणिमुकुन्द न्यौपाने, सरु पौडेल, राहुल भण्डारी, मुकुन्द गैरे, डिल्लीराज अर्याल लगायत चयन भएका छन् ।

अमृत रिजालको अध्यक्षता तथा ज्येष्ठ सदस्य तथा वरिष्ठ अधिवक्ता जिवलाल पाण्डेयको प्रमुख आथिथ्यमा सम्पन्न अधिवेशनको सञ्चालन पुर्व सचिव अनुप मगरले गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com