बेलायतमा डाइभिङको राष्ट्रिय प्रतिस्पर्धामा नेपाली मूलका ८ वर्षीय सेबास्टियन कारञ्जित छनोट


प्रकाशित मिति : असार ३०, २०८० शनिबार

बेलायतमा ‘डाइभिङ’ (गोताखोरी) को राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली मूलका एक बालकले भाग लिने भएका छन्। मिडल्याण्डको लेष्टरशायरमा बस्दै आएका ‘एनएचएचएस’ नर्थ वेष्ट एङ्लिया क्षेत्र उपमहाप्रबन्धक प्रदिप कारञ्जितका ८ वर्षीय छोरा सेबास्टियन कारञ्जित उक्त प्रतियोगिताका लागि छनोट भएका हुन्।

इंग्ल्याण्डमा पौडी, डाइभिङलगायतका ‘वाटर स्पोर्ट्स्’ क्षेत्र हेर्ने सरकारी निकाय ‘स्वीम इंग्ल्याण्ड’ ले आयोजना गर्न लागेको ‘स्वीम इंग्ल्याण्ड डाइभिङ नेश्नल स्किल्स् फाइनल’ मा उनले भाग लिनेछन्। प्रतियोगिता यही जुलाई १५- १६ मा लिड्स शहरमा आयोजना हुँदैछ।

छनोट चरणमा आफ्नो कौशलमार्फत् निर्णायकहरुलाई प्रभावित गर्दै सेबास्टियनले राष्ट्रिय स्तरको यो प्रतियोगितामा स्थान बनाएका हुन्। जहाँ उनले आफ्नो उमेर समूहमा देशभरबाट छानिएर आउने प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिवास्टियनले ‘वाटर डाइभिङ’ मा सक्रियतापूर्वक भाग लिन थालेको दुई वर्ष पुग्यो। यसबीचमा उनले थुप्रै अवार्ड र ट्रफीहरु प्राप्त गरिसकेका छन्।

राष्ट्रिय स्तरको प्रतिस्पर्धामा छनोट भएकोमा सेबास्टियन खुशी त छन् नै, उत्तिकै उत्साहित पनि छन्। प्रतियोगितामा मेडल जित्ने लक्ष्य बनाएका उनले नतिजा जस्तोसुकै आएपनि हरेक अनुभव ‘इन्जोइ’ गर्ने विश्वास लिएका छन्। भविष्यमा देशको प्रतिनिधित्व गर्दै ओलम्पिकसम्म पुग्ने सेबास्टियनको लक्ष्य छ।

छोराको सफलताले बाबु प्रदिप कारञ्जितलाई पनि निकै गौरवान्वित गराएको छ।

‘विदेशमा रहेर पनि छोराको कामबाट नेपालको नाम चिनाउने अवसर पाउंदा गौरव लाग्दो रहेछ’, उनले  भने, ‘हाम्रो छोराको सफलता बेलायतमा रहेका नेपाली मूलका अरु बालबालिकाको लागि पनि हौसला बन्नेछ भन्ने आशा छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com