न्युयोर्कमा छुरा प्रहारबाट सख्त घाइते हुने उबर चालक ३६ बर्षका यादव कुमार ढुंगेल


प्रकाशित मिति : असार २८, २०८० बिहीबार

मंगलबार न्युयोर्क सिटीको एफडीआर ड्राइभमा छुरा प्रहारबाट सख्त घाइते हुने ३६ बर्षका यादव कुमार ढुंगेल रहेको जनाइएको छ । सख्त घाइते ढुंगेलको आईसीयुमा उपचार भइरहेको छ । उनको शल्यकृया गरिएको थियो भने स्थीति अहिले स्थीर रहेको जनाइएको छ । ढुंगेलको छाती, काँध र हातमा छुरा प्रहार गरिएको थियो ।

टेस्ला पाएकोमा ढुङ्गेल खुसी थिए । टेस्लाबाट उनले आफूले धेरै पैसा कमाउन र ग्यास बचत गर्न सक्ने साथीहरुलाई बताएका थिए । ढुंगेललाई छुरा प्रहार गरेर लुटपाटको प्रयास गर्ने संदीग्ध २० बर्षीय इस्माइल इंग्लिशलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रमणकारीले ढुंगेको सिटमा बस्ने प्रयास गर्दै कारज्याकको प्रयास गरेको थियो । आक्रमणकारीलाई हत्याको प्रयास, डकैतीको प्रयास, खतरनाक लापरवाही र हतियारको आपराधिक कब्जाको चारवटा अभियोग लगाएको छ ।

घटना दिउँसो २ बजेर ४० मिनेटमा भएको अधिकारीहरूले बताएका छन्। एफडीआर ड्राइभको दक्षिणपट्टि म्यानहट्टन ब्रिज एक्जिटमा पुग्दै गर्दा लिफ्टको राइड शेयरमा रहेको इस्माइल इंग्लिशले कारज्याकको प्रयास गरेको थियो । चालकले अस्वीकार गरेपछि उसले तीनपटकसम्म छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

चालकलाई छुरा प्रहार प्रहारपछि संदिग्धले एफडीआर ड्राइभमा घटनास्थलबाट भाग्ने प्रयास गरेको र सेतो सेडानमा हामफालेको प्रत्यक्षदर्शीहरूले  बताएका छन् ।

छुरा प्रहार गर्ने केटा अर्को कारमा हामफालेर अर्को ड्राइभरसँग कुश्ती गर्न थालेको थियो । अरू कसैको कारमा चढ्न खोजेपनि अरू कसैको कारमा चढ्न भने नसकेको प्रत्यक्षदर्शीले बताए ।

भिडियोहरुमा संदिग्ध एफडीआरमा हिंडिरहेको देखिन्छ र एक बिन्दुमा पछाडिको झ्यालबाट सेतो गाडीमा हाम फालेको देखिन्छ । त्यसपछि चालकले गाडी रोकेपछि संदिग्ध बाहिर निस्कन्छ र किनारमा हिंड्छ । त्यसपछि कालो झोला तल फ्याँक्छ।

भाग्ने क्रममा माथिबाट तल साइकल लेनमा हाम्फाल्दा उसको दुबै खुट्टा भाँचिएको जनाएको छ ।  त्यसपछि आक्रमणकारीलाई हिराशतमा लिइएको थियो । आक्रमणकारीलाई हिराशतमा लिएपछि बेल्लेभ्यु अस्पताल लगिएको थियो ।

घाइते उबर चालक ढुंगेललाई गम्भीर अवस्थामा बेल्लेभ्यु अस्पताल लगिएको छ । पीडितको गाडी पनि दुर्घटना हुँदा क्षतिग्रस्त भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com