मौलिक झाँकी सहित अमेरिकाभरका मगरहरु भोलि कोलोराडोमा, नयाँ नेतृत्व चयन गरिने


प्रकाशित मिति : श्रावण १२, २०८० शुक्रबार

मगर संघ अमेरिका केन्द्रीय समितिको ९ औ महाधिवेशन जुलाई २९ मा कोलोराडोको बोल्डरमा हुने भएको छ । अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता ( उदाउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता भन्ने मूल नाराको साथ अमेरिकाका विभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको हो ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका कोलोराडो च्याप्टरको मुख्य व्यवस्थापनमा महाधिबेशन हुन लागेको अध्यक्ष कुलदीप राना मगरले बताए ।  अहिलेसम्म अधिवेशनहरु न्युयोर्क , न्युजर्सी र मेरिल्याण्ड आसपासमा मात्र हुँदै आइरहेकोमा पहिलोपटक त्योभन्दा बाहिर गर्न लागिएको हो । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

मगर संघ अमेरिका केन्द्रीय समितिका सल्लाहकार लछुमन राना मगरको संयोजकत्वमा लक्ष्मी राना मगर र डा कृष्ण थापा मगर सदस्य रहेको निर्वाचन कमिटी बनाइएको छ । निर्वाचन कमिटीले मनोनयन दर्ता देखि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । मनोनयन दर्ता जुलाई १८ देखि जुलाई २४ सम्म, जुलाई २६ मा उम्मेदवारी फिर्ता देखि उम्मेदवार उपर दाबी बिरोध र जुलाई २७ मा उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरिने छ । जुलाई २९ मा दिउसो ३ बजेबाट निर्वाचनका गतिबिधि अगाडी बढाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुदघाटन समारोह , बन्द सत्र र बधाई तथा सुभकामना सांस्कृतिक साँझ गरि कार्यक्रम ३ चरणमा सम्पन्न हुनेछ । मगर मौलिक झाँकी सहित बिभिन्न राज्यबाट आएका मगरहरु सभाहलमा प्रवेश गर्नेछन , झाँकी सहितको टोलीलाई मुख्य ब्यबस्थापक कोलोराडो च्याप्टरले स्वागत गर्नेछ । बिभिन्न विधाका बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिनेछ ।

मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ मा न्युयोर्कमा गरिएको हो। संस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर हुन् भने संघले हाल ६ राज्यमा च्याप्टरबिस्तर गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com