बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

श्रावण ३०, २०७४- सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।

तस्बिर साभार : ईपीए

मृतक बालक कमल सदालाई बोकेका काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।

मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।

मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com