‘बच्चा निकाल्दा आन्द्रा नै काटिदिए’


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

श्रावण ३०, २०७४- भेरी अञ्चल अस्पताल नेपालगन्जका चिकित्सकले शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा पिसाब नली र दिसा गर्ने आन्द्रा काटिदिएपछि बाग्चौर नगरपालिका–२ ठिनबाङकी १९ वर्षीया नीतु सुनारको ज्यान जोखिममा परेको छ ।

भारतको लखनऊस्थित सामरा अस्पतालमा दुई साताभन्दा बढी समय उपचार गरी फर्के पनि अझै स्वास्थ्यमा सुधार नआएको परिवारले जनाएको छ । उनी ८ महिनादेखि उपचारत छिन् । लखनऊको सामरा अस्पतालले दिसा–पिसाब बाहिर निस्कन पेटको छेवैबाट पाइप जडान गरे पनि समस्या उस्तै रहेको पति भोला सुनारले बताए । आर्थिक समस्याले औषधि किन्न समस्या भएपछि स्थानीय आमा समूहले १ लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ । समूहको सहयोगपछि शल्यक्रियाका लागि सामरा अस्पतालमा पठाएको हो । भेरी अस्पतालले बच्चा निकाल्न गत पुस २० मा नीतुको शल्यक्रिया गरेको थियो । ‘शल्यक्रियाको ४ दिनपछि टाँका फुकाउन आउनू भनेर अस्पतालबाट डिस्चार्ज गरिदिए । दोस्रो दिनबाटै पत्नीको पेट दुख्न थाल्यो । त्यसपछि तेस्रो दिनमै अस्पताल पुग्यौं । त्यसपछि मात्र टाँका काटियो तर अन्य उपचार नगरी पुन: डिस्चार्ज गरियो,’ उनले भने, ‘अस्पतालमा कार्यरत हेमा छन्त्यालले थप उपचार यहाँ हुन सक्दैन भन्दै घर फर्काइन् तर अवस्था सामान्य नभएपछि लखनऊ लगियो । सामरा अस्पताल लगेपछि मात्र नली काटिएको थाहा पाइयो ।’ नीतुको पाठेघरमा बच्चा ठूलो भएको र पानीको मात्रा कम भएको भन्दै चिकित्सकले शल्यक्रिया गरेको उनले जनाए । भारतमा उपचार गराउँदा २६ लाखभन्दा बढी खर्च भएको र उपचार थालेको ८ महिनासम्म पनि कुनै सुधार नआएको उनको भनाइ छ । ‘अझै आईसीयूमा राखेर उपचार गराइरहेको छु । भएको सबै रकम र सम्पत्ति सकियो । अब औषधि खुवाउने खर्चसमेत छैन,’ उनले भने, ‘कहाँबाट जुटाउने, चिन्ताले पिरोलेको छ ।’ रकम जुटाउन नगरपालिकाको सिफारिस बोकी सहयोग माग्दै हिँडेको उनले सुनाए । उनले अस्पतालसँग क्षतिपूर्ति दिन र संलग्न चिकित्सकलाई कारबाही गर्न मागसमेत
गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com