अमेरिकामा मोदीलाई प्रश्न गर्ने पत्रकारमाथि ‘अनलाइनमा दुर्व्यवहार’को ह्वाइट हाउसबाट निन्दा


प्रकाशित मिति : असार १४, २०८० बिहीबार

बाइडेन प्रशासनका अधिकारीहरूले वाल स्ट्रीट जर्नल रिपोर्टर विरुद्ध अनलाइनमा भएको दुर्व्यवहारको निन्दा गरेका छन् । गत हप्ता ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको सरकारको मानव अधिकार रेकर्डको बारेमा सोध्ने पत्रकार सब्रिना सिद्दीकीविरुद्ध भारतमा मोदीका समर्थकहरुले अनलाइनमा दुर्व्यवहार गरिरहेका छन् ।

सिद्दीकीमाथि भारत भित्रका मानिसहरूले तीव्र अनलाइन दुर्व्यवहार गरिरहेको र तिनीहरूमध्ये केही मोदी सरकारसँग सम्बन्धित राजनीतिज्ञहरू रहेको जनाइएको छ । सिद्दीकीको मुस्लिम धर्मका कारणले दुर्व्यवहार गरिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउस सिद्दीकीमाथि भएका दुर्व्यवहारको रिपोर्टहरू बारे सचेत रहेको उल्लेख गर्दै यस्तो दुर्व्यवहारलाई अस्वीकार्य भएको बताएका छन् । कुनै पनि परिस्थितिमा पत्रकारहरूमाथि हुने कुनै पनि दुव्र्यवहारको पूर्ण रूपमा निन्दा गर्ने किर्बीले बताएका छन् । यो लोकतन्त्रको सिद्धान्तको विरोधाभासपूर्ण रहेको उनको भनाई छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरले व्हाइट हाउसमा बाइडेन प्रशासन अन्तर्गत प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएकी छिन् । त्यसैले गत हप्ता प्रेस सम्मेलन गरेको उनको भनाई छ । ह्वाइट हाउसका अधिकारीहरूले आफ्नो काम गर्न खोज्ने कुनै पत्रकारलाई धम्की दिने वा उत्पीडन गर्ने प्रयासको निन्दा गर्ने उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिद्दिकीले राष्ट्रपति बाइडेनसँगै गत बिहीबारको पत्रकार सम्मेलनमा धेरै मानव अधिकार समूहहरूले मोदीको सरकारले धार्मिक अल्पसंख्यकहरूसँग भेदभाव गरेको र आफ्ना आलोचकहरूलाई चुप लगाउन खोजेको बताएको उल्लेख गर्दै मोदीलाई प्रश्न गरेकी थिइन् । त्यसपछि उनले मोदीलाई सोधेकी थिइन् – ‘तपाईं र तपाईंको सरकार तपाईंको देशमा मुस्लिम र अन्य अल्पसंख्यकहरूको अधिकार सुधार गर्न र अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्न के कदमहरू चाल्न इच्छुक हुनुहुन्छ?’

मोदीले एक अनुवादक मार्फत जवाफ दिँदै भने – ‘जात, धर्म, वा उमेर वा कुनै किसिमको भौगोलिक स्थानको आधारमा भारतमा लोकतान्त्रिक मूल्यहरूमा बिल्कुल कुनै भेदभाव छैन । वास्तवमा, भारत एक लोकतन्त्र हो। बाइडेनले भनेजस्तै भारत र अमेरिका दुवै देशमा लोकतन्त्र हाम्रो डीएनएमा छ। लोकतन्त्र हाम्रो आत्मा हो। लोकतन्त्र हाम्रो नसामा चल्छ। हामी लोकतन्त्रमा बाँचिरहेका छौं ।’

यसैबीच एशियन अमेरिकन जर्नलिस्ट एसोसिएसनले पनि वाल स्ट्रीट जर्नल संवाददाता सिद्दिकीलाई लक्षित गरीएको उत्पीडनको निन्दा गरेको छ । पत्रकार सम्मेलनदेखि नै उनी राजनीतिक पूर्वाग्रहको आधारहीन आरोप सहित अनलाइन आक्रमणको निशाना बनेकी छिन् ।एशियन अमेरिकन जर्नलिस्ट एसोसिएसनले आफ्नो काम र प्रेस स्वतन्त्रताको प्रयोग गर्ने पत्रकारहरूमाथि आक्रमणको भर्त्सना गर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com