साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु


प्रकाशित मिति : असार १४, २०८० बिहीबार

साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

बुधबार अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा घाइते भएका थिए । घाइते उनको केही समयमा मृत्यु भएको जनाईको छ ।

मक्का क्षेत्रका प्रहरीका अनुसार जेद्दामा अमेरिकी वाणिज्य दूतावास भवनबाहिर आएका एक व्यक्तिले गोली प्रहार गरेका थिए । उनलाई रोक्न पहल गर्दा नेपाली सुरक्षागार्डको निधन भएको हो ।

उनीसँगै अर्का बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा पनि अमेरिकी वाणिज्य दूतावासमा आक्रमण वा आक्रमणका प्रयासहरू भएका थिए। सन् २०१६ मा उक्त भवननजिकै भएको एउटा बम विस्फोटनमा दुईजना आत्मघाती आक्रमणकारीहरूको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए।

सन् २००४ मा बम र बन्दुक बोकेका पाँच जनाले उक्त भवनभित्र धावा बोलेका थिए। त्यस क्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो। तीन आक्रमणकारीको पनि ज्यान गएको थिए भने दुई जना पक्राउ परेका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com