एयर इन्डियामा अर्को काण्ड, मध्यउडानमा विमानको भुइँमा दिशापिसाव गर्ने यात्रु पक्राउ


प्रकाशित मिति : असार १३, २०८० बुधबार

white and red airplane under white clouds

एक व्यक्तिलाई एयर इन्डियाको उडानमा घृणित व्यवहार गरेको भन्दै पक्राउ गरिएको एयरलाइनले पुष्टि गरेको छ । यात्रुले विमानको भुइँमा दिशा गरेको समाचार बाहिर आएको थियो । टाइम्स अफ इन्डिया र द इन्डिपेन्डेन्टका अनुसार शनिबारको उडान मुम्बईबाट दिल्ली जाँदै गर्दा यात्रुले विमानको भुइँमा पिसाब र दिशा गरेका थिए ।

एयर इन्डियाका प्रवक्ताले एक यात्रुले अपमानजनक व्यवहार गरेको र अन्य यात्रुहरूलाई असुविधाको अवस्था ल्याएको बताउका छन् । एयरलाइन्सले घटनाको विस्तृत विवरण भने पुष्टि गरेको छैन।

क्याप्टेनलाई घटनाबारे जानकारी दिनुअघि चालक दलका अन्य सदस्यले ती व्यक्तिलाई देखेर चेतावनी दिएका थिए । त्यसपछि ती यात्रुलाई अन्य यात्रुहरूबाट टाढा राखिएको थियो । विमानमा आएको स्थितिले विमानमा सवार अन्य धेरै यात्रुहरूलाई विचलित बनाएको थियो ।

जब विमान दिल्ली आइपुग्यो, ती व्यक्तिलाई एयरलाइन सुरक्षाले पक्राउ गरेको थियो । त्यसपछि स्थानीय पुलिस स्टेशनमा बुझाइएको थियो । उक्त व्यक्तिले मादक पदार्थ सेवन गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लाइट क्याप्टेनको उजुरीमा दिल्ली पुलिसले आईजीआई पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको र आरोपी यात्रुलाई पक्राउ गरेको दिल्ली पुलिसका एक वरिष्ठ अधिकारीले बताएका छन् । उक्त यात्रुलाई अदालतमा पेश गरेपछि अदालतले उनलाई जमानत दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

एक यात्रुले अर्की महिला यात्पित्रुमाथि पिसाब गरेपछि जनवरीमा एयर इन्डियालाई देशको उड्डयन नियामकले ३७ हजार डलर जरिवाना गरेको थियो । तीन महिनाको लागि पाइलटको लाइसेन्स पनि निलम्बन गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com