न्युयोर्क सिटीबाट तीन शैक्षिक शत्रको क्यालेण्डर सार्वजनिक, दिपावलीमा पनि सार्वजनिक विदा


प्रकाशित मिति : असार ११, २०८० सोमबार

bokeh photography of lighted candle

न्युयोर्क सिटीले सरकारी विद्यालयका लागि आगामी तीन शैक्षिक शत्रको क्यालेन्डर सार्वजनिक गरेको छ । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ एजुकेशनले आगामी तीन शैक्षिक शत्रको क्यालेण्डर सार्वजनिक गर्दै आगामी बर्षदेखि दिपावलीलाई पनि विद्यालयमा सार्वजनिक विदाका रुपमा थप गरेको छ ।

सन् २०२३ मा नोभेम्बर १२ आइतबार स्वत विदाको दिनमा नै परेको छ । तर सन् २०२४ को नोभेम्बर १ मा दिपावलीको अवशरमा विद्यालयहरु बन्द हुनेछन् भने सन् २०२५ को अक्टोबर २० मा पनि दिपावलीको अवशरमा न्युयोर्क सिटीभित्रका विद्यालयहरु बन्द हुनेछन् ।

कर्मचारीहरू र विद्यालय समुदायहरूलाई भविष्यको योजना बनाउन मद्दत गर्न आगामी तीन शैक्षिक शत्रको लागि अनुमोदित क्यालेण्डरहरु पनि जारी गरिएको डिपार्टमेन्ट अफ एजुकेशनको विज्ञप्तीमा जनाइएको छ । अधिकारीहरूले आगामी शैक्षिक शत्रको क्यालेण्डर प्रकाशनमा ढिलो गरेको बखत आश्चर्यजनक रुपमा तीनबर्षको क्यालेण्डर सार्वजनिक गरिएको हो ।

आगामी शैक्षिक शत्रको क्यालेन्डरमा केही संशोधनहरू समावेश छन्, अर्थात् थप चार छुट्टीका दिनहरू राखिएको छ । वसन्त विदा अब अप्रिल २२ देखि ३० सम्म चल्नेछ। इस्टरको भोलिपल्ट अप्रिल १ मा विद्यालय हुने छैन भने विद्यार्थीहरूले जुन १७ सोमबार ईद अल अधाको लागि बिदा पाउनेछन्।

अर्कोबर्षदेखि दीपावली आधिकारिक विद्यालय बिदा दिनेगरी राज्य सांसद जेनिफर राजकुमारद्वारा प्रस्तुत विधेयकको कारणले ठूलो भागमा परिवर्तन सम्भव भएको हो । अन्धकारमाथि प्रकाशको विजयको रुपमा यो पर्व नेपाली र इन्डियनहरु लगायत हजारौं न्युयोर्कबासीहरुले मनाउँछन् । राज्यका सांसदहरूले हालै राष्ट्रको सबैभन्दा ठूलो विद्यालय प्रणालीमा छुट्टी दिनको लागि कानून पारित गरेपछि यो घोषणा आएको हो ।

buildings near body of water landscape photography

दक्षिण एसियाली समुदायको पर्व दिपावलीका दिनमा न्युयोर्क सिटीमा सार्वजनिक विद्यालय बिदा हुने तय भएको मेयर एरिक एडम्सले सोमबार घोषणा गर्दै यो क्षणलाई स्थानीय परिवारहरूको लागि ठूलो विजय भएको बताएका छन् । क्याथी होकुलमा बिलमा हस्ताक्षर गर्नेमा आफू विश्वस्त रहेको मेयर आडम्सले बताएका छन् ।

यद्यपी गभर्नर होकुले अझै पनि यसबारे समीक्षा गरिरहेको जनाइएको छ । जबकि होकुलले दिवालीलाई मान्यता दिने अन्य प्रयासहरूलाई भने समर्थन गर्दै आएकी छिन् । यो क्षणले अप्रत्याशित महसुस गर्नेहरूलाई प्रतीकात्मक घोषणाको प्रतिनिधित्व गर्ने मेयर आडम्सको भनाई छ ।

न्युयोर्क सिटीले सन् २०१५ मा दुई प्रमुख मुस्लिम बिदाहरू, ईद अल फित्र र ईद अल अधाको सम्मानमा स्कूलहरू बन्द गर्ने घोषणा गरेको थियो । तर
धेरै दक्षिण एसियाली र इन्डो क्यारिबियन अभिभावक र अधिवक्ताहरू दीपावलीलाई सूचीमा कहिल्यै नथपिएकोमा निराश थिए। यो छुट्टी सबैभन्दा महत्त्वपूर्ण हिन्दू धार्मिक अनुष्ठानहरू मध्ये एक हो र धेरै सिख, जैन र बौद्ध धर्मालम्बीहरूले पनि मनाउँछन्।

निर्वाचित भएको भोलिपल्ट मेयर एडम्सले दीपावलीलाई विद्यालय बिदा मनाउने वाचा गरेका थिए । तर पदभार ग्रहण गरेपछि उनले आफैं बिदा थप्न अस्वीकार गरेका थिए । यसको सट्टा उनले राज्यका सांसदहरूतिर नजर लगाएका थिए, जसले विगत दुई वर्षदेखि दीपावलीलाई मान्यता दिने विधेयक पेश गरेका थिए। यो घोषणाले परिवर्तनको लागि एक दशक लामो प्रयासको परिणति प्रतिनिधित्व गर्ने आप्रवासी अधिकारकर्मीहरु बताउँछन् ।

स्कूल क्यालेन्डरमा दिपावली थप्नको लागि अवरोधको रुपमा राज्यको कानून रहेको थियो, जस अनुशार विद्यालयहरुमा बर्षमा १८० पढाई हुनैपर्ने प्रावधान रहेको छ । क्यालेन्डरमा दिवापलीको बिदा थप्नको लागि अधिकारीहरूले अर्को उत्सवलाई हटाउनुपर्ने वा हिमपात वा अन्य आपतकालिन समयका लागि छुट्याइएको अतिरिक्त दिनहरू घटाउनुपर्ने अवस्था थियो ।

तत्कालिन मेयर बिल डे ब्लासियोले सन् २०१० को मध्यमा चन्द्र नयाँ वर्ष र दुई मुस्लिम पवित्र दिनहरूलाई स्कूल बिदाको रूपमा मान्यता दिएपछि राज्यको १८० दिनको नियमले न्युयोर्क सिटीको क्यालेन्डरमा दीपावली लगायत अन्य कुनै पनि विदा थप्नबाट रोकेको थियो । त्यसपछि सांसदहरूले शहरको प्रारम्भिक प्रोटेस्टेन्ट सन्डे स्कूलहरूलाई मान्यता दिने वार्षिक विदा ​​हटाउनेबारे विचार गर्न थालेका थिए । तर तिनीहरूले पारित गरेको विधेयकले यो निर्णय गर्ने अधिकार सिटीलाई नै छाड्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com