न्युयोर्कको ब्रुकलिनमा लिकबाट खस्यो एल ट्रेन, २ सय यात्रुलाई बाहिर निकालियो


प्रकाशित मिति : असार ११, २०८० सोमबार

न्युयोर्कको ब्रुकलिनमा एल ट्रेन आंशिक रूपमा लिकबाट खसेपछि २०० भन्दा बढी यात्रुहरूलाई बाहिर निकालिएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार राति भएको घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

म्यानहट्टन जाने एल ट्रेन पहिलो स्टेशन क्यानार्सी रकवे पार्कवे स्टपबाट राति ८ बजेर ४७ मिनेटमा आंशिक रूपमा लिकबाट बाहिर खसेको थियो । ट्रेन एक ट्र्याकबाट अर्को ट्र्याकमा जाँदै गर्दा दुई पाङ्ग्रे भएको एकल एक्सेलले ट्र्याक छाडेको थियो । यसले रेलको चौथो र पाँचौं कारहरू अलिकति छुट्याएको थियो ।

man peeking on new york city subway train window
Photo by Oliver Cole

घटनापछि रेलको पछाडिका करिब २ सय यात्रुहरु रेलबाट ओर्लिएर प्लेटफर्ममा गएका थिए । जबकि पहिलो चारवटा डिब्बामा सवार अन्य आठजनाले बाहिर निस्कनका लागि अर्को रेल नआउञ्जेल कुर्नुपरेको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com