दुर्घटनाग्रस्त पनडुब्बीमा लस भेगासका व्यापारीका बाबुछोरा नगएपछि दाउदका बाबुछोरा गएको खुलासा


प्रकाशित मिति : ९ असार २०८०, शनिबार

लस भेगासका व्यापारी जे ब्लूमले उनी र उनको छोरालाई टाइटानिकको भग्नावशेष हेर्नको लागि दुर्घटनाग्रस्त पनडुब्बीमा सिट प्रस्ताव गरिएको तर अन्ततः उनीहरूले नजाने निर्णय गरेको खुलासा गरेका छन् । ब्लूमले फेसबुकमा टाइटन भनिने पनडुब्बीको स्वामित्वमा रहेको कम्पनी ओशनगेटका सीईओ स्टकटन रशसँग भएको सम्बाद सार्वजनिक गरेका हुन् ।

रश अन्य चार यात्रुहरू सहित पनडुब्बीमा थिए । एक घन्टा ४५ मिनेटमा यो सपोर्ट पोत पोलार प्रिन्ससँग सम्पर्कविहीन भएको थियो । ब्लुमले अस्वीकार गरेको टिकट दाउदका बाबुछोराले लिएका थिए । यो दुखद घटनामा ज्यान गुमाएका मानिसहरूको तस्बिर हेर्ने क्रममा आफ्नो छोरा र आफ्नो प्रतिस्थापन गर्ने दाउद बुबा र छोराको तस्वीर देख्दा आफूले टिकट लिएको भए त्यस्तो साटो आफ्नो बाबुछोराको तस्वीर हुने सोंच आएको ब्लुमले बताए ।

ओशनगेटका सीईओ स्टकटन रशले फेब्रुअरीमा उनलाई र उनको छोरा,सीनलाई मेमा निर्धारित पनडुब्बीमा जान आग्रह गरेका थिए । तर मे महिनाको यात्रा मौसमको कारण स्थगित गरिएको थियो। ब्लुमले रशलाई आफ्नो छोराको साथीले के गडबड हुन सक्छ भन्ने कुरा उठाएको सुरक्षा चिन्ताको बारेमा सन्देश पठाएका थिए ।

छोराको साथीले गहिराइमा सामुद्रिक जीवनको अनुसन्धान गरेका थिए र जहाजको लागि खतराहरू बुझेका थिए । एउटा स्पर्म ह्वेलले पनडुब्बीमा आक्रमण गर्नसक्ने वा एक विशाल स्क्विडले यसलाई समात्न सक्नेबारे छोराका साथीले अनुसन्धान गरेका थिए । जवाफमा रशले १ सय मिलियन पाउन्ड भन्दा बढीको दबाबमा कुनै पनि स्पर्म ह्वेल वा स्क्विडले पनडुब्बीसँग गडबड गर्ने सम्भावना नभएको बताएका थिए । रशले यो हेलिकप्टरमा उडान वा स्कुबा डाइभिङ भन्दा धेरै सुरक्षित रहेको बताएका थिए ।

रशले पछि ब्लूमलाई १ लाख ५० हजार डलरको अन्तिम मिनेटको मूल्यको टिकट प्रस्ताव गरेका थिए । पनडुब्बीमा अरुले तिरेको २ लाख ५० हजार डलरको तुलनामा यो सस्तो थियो । तर ब्लुमले अन्ततः अस्वीकार गरे। त्यस समयमा ब्लूमले रशलाई यो समय तालिकामा जान नमिल्ने बताएका थिए ।

ब्लूमले आफू र आफ्नो छोरा पनडुब्बी निर्माण गर्न प्रयोग हुने सामग्री साथै यसमा बनाइएको अफ द सेल्फ कम्पोनेन्टहरू बारे चिन्तित भए। उदाहरणका लागि पनडुब्बीलाई भिडियो गेम नियन्त्रक प्रयोग गरेर चलाइएको थियो र रशले अघिल्लो अन्तर्वार्तामा क्याम्पिङ वर्ल्डबाट लाइट किनेको बताएका थिए ।

पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको अमेरिकी कोस्ट पुष्टि गरिसकेको छ । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट तल पनडुब्बीका पाँच भाग भेटिएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९१२ मा एट्लान्टिक सागरमा डुबेको टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको पनडुब्बी टाइटनमा सवार पाँच जनामा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com