दुर्घटनाग्रस्त पनडुब्बीमा लस भेगासका व्यापारीका बाबुछोरा नगएपछि दाउदका बाबुछोरा गएको खुलासा


प्रकाशित मिति : असार ९, २०८० शनिबार

लस भेगासका व्यापारी जे ब्लूमले उनी र उनको छोरालाई टाइटानिकको भग्नावशेष हेर्नको लागि दुर्घटनाग्रस्त पनडुब्बीमा सिट प्रस्ताव गरिएको तर अन्ततः उनीहरूले नजाने निर्णय गरेको खुलासा गरेका छन् । ब्लूमले फेसबुकमा टाइटन भनिने पनडुब्बीको स्वामित्वमा रहेको कम्पनी ओशनगेटका सीईओ स्टकटन रशसँग भएको सम्बाद सार्वजनिक गरेका हुन् ।

रश अन्य चार यात्रुहरू सहित पनडुब्बीमा थिए । एक घन्टा ४५ मिनेटमा यो सपोर्ट पोत पोलार प्रिन्ससँग सम्पर्कविहीन भएको थियो । ब्लुमले अस्वीकार गरेको टिकट दाउदका बाबुछोराले लिएका थिए । यो दुखद घटनामा ज्यान गुमाएका मानिसहरूको तस्बिर हेर्ने क्रममा आफ्नो छोरा र आफ्नो प्रतिस्थापन गर्ने दाउद बुबा र छोराको तस्वीर देख्दा आफूले टिकट लिएको भए त्यस्तो साटो आफ्नो बाबुछोराको तस्वीर हुने सोंच आएको ब्लुमले बताए ।

ओशनगेटका सीईओ स्टकटन रशले फेब्रुअरीमा उनलाई र उनको छोरा,सीनलाई मेमा निर्धारित पनडुब्बीमा जान आग्रह गरेका थिए । तर मे महिनाको यात्रा मौसमको कारण स्थगित गरिएको थियो। ब्लुमले रशलाई आफ्नो छोराको साथीले के गडबड हुन सक्छ भन्ने कुरा उठाएको सुरक्षा चिन्ताको बारेमा सन्देश पठाएका थिए ।

छोराको साथीले गहिराइमा सामुद्रिक जीवनको अनुसन्धान गरेका थिए र जहाजको लागि खतराहरू बुझेका थिए । एउटा स्पर्म ह्वेलले पनडुब्बीमा आक्रमण गर्नसक्ने वा एक विशाल स्क्विडले यसलाई समात्न सक्नेबारे छोराका साथीले अनुसन्धान गरेका थिए । जवाफमा रशले १ सय मिलियन पाउन्ड भन्दा बढीको दबाबमा कुनै पनि स्पर्म ह्वेल वा स्क्विडले पनडुब्बीसँग गडबड गर्ने सम्भावना नभएको बताएका थिए । रशले यो हेलिकप्टरमा उडान वा स्कुबा डाइभिङ भन्दा धेरै सुरक्षित रहेको बताएका थिए ।

रशले पछि ब्लूमलाई १ लाख ५० हजार डलरको अन्तिम मिनेटको मूल्यको टिकट प्रस्ताव गरेका थिए । पनडुब्बीमा अरुले तिरेको २ लाख ५० हजार डलरको तुलनामा यो सस्तो थियो । तर ब्लुमले अन्ततः अस्वीकार गरे। त्यस समयमा ब्लूमले रशलाई यो समय तालिकामा जान नमिल्ने बताएका थिए ।

ब्लूमले आफू र आफ्नो छोरा पनडुब्बी निर्माण गर्न प्रयोग हुने सामग्री साथै यसमा बनाइएको अफ द सेल्फ कम्पोनेन्टहरू बारे चिन्तित भए। उदाहरणका लागि पनडुब्बीलाई भिडियो गेम नियन्त्रक प्रयोग गरेर चलाइएको थियो र रशले अघिल्लो अन्तर्वार्तामा क्याम्पिङ वर्ल्डबाट लाइट किनेको बताएका थिए ।

पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको अमेरिकी कोस्ट पुष्टि गरिसकेको छ । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट तल पनडुब्बीका पाँच भाग भेटिएको बताएका थिए ।

सन् १९१२ मा एट्लान्टिक सागरमा डुबेको टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको पनडुब्बी टाइटनमा सवार पाँच जनामा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com