टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

एट्लान्टिक सागरमा टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको छ । अमेरिकी कोस्ट गार्डका रियर एडमिरल जोन मोगरले टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट तल पनडुब्बीका पाँच भाग भेटिएको बताएका छन् ।

अमेरिकी कोस्ट गार्डले पनडुब्बीमा ठूलो विस्फोटको आवाज सुनेको थियो। टाइटनसँग सम्पर्क टुटेपछि उद्धार कार्यमा संलग्न अमेरिकी कोस्ट गार्डका मानिसहरूले ठूलो विस्फोटको आवाज सुनेका थिए ।

टाइटनमा सवार पाँच जनामध्ये बाबु छोरा शहजादा र सुलेमान दाउदका परिवारले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । हमिस हार्डिङका परिवारका सदस्यले उनलाई सम्झेका छन् । पनडुब्बीमा सवारहरु टाइटानिकको भग्नावशेष हेर्न गएका थिए ।

यूएस कोस्ट गार्डका जोन माउगर कोस्ट गार्ड बेस बोस्टनमा मिडियासँग कुरा गर्दै। युएस कोस्ट गार्डका अनुसार हराएको पनडुब्बी टाइटानिकको भग्नावशेष नजिकै पसेको थियो र त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ । एपी फोटो: स्टीवन सेने

पनडुब्बी गत शनिबारदेखि बेपत्ता भएको थियो । टाइटनको खोजीमा जहाजहरू बाहेक, आरओभी र विमानहरू प्रयोग गरियो। १० हजार वर्ग माइल समुन्द्र क्षेत्रमा खोजी कार्य चलिरहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समुन्द्रमा डुबेको टाइटानिक जहाज हेर्न गएको टाइटन पनडुब्बीको चालक दलको जहाज पोलर प्रिन्ससँगको सम्पर्क टुटेको थियो । आइतबार यो सम्पर्क एक घण्टा ४५ मिनेटमा टुट्यो ।

टाइटानिकको भग्नावशेष क्यानडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणमा थियो। टाइटन पत्ता लगाउने अभियान अमेरिकाको बोस्टनबाट चलिरहेको छ ।

सन् १९१२ मा एट्लान्टिक सागरमा डुबेको टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको पनडुब्बी टाइटनमा सवार पाँच जना यात्रु मध्ये एक पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउदको मृत्युपछि उनको परिवारले बुबा छोराको लागि विश्वभरबाट व्यक्त भावनाबाट अभिभूत भएको बताएको छ।

टाइटनमा सवार पाँच जनामध्ये बाबु छोरा शाहजादा र सुलेमान दाउदका परिवारले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । शाहजादा दाउद ४८ वर्षका थिए भने छोरा सुलेमान १९ वर्षका थिए ।

बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश पनि टाइटनमा सवार थिए।

शाहजादा दाउद पाकिस्तानको ठूलो व्यापारिक परिवारका सदस्य थिए। उनी बेलायतको प्रिन्स ट्रस्ट च्यारिटीको बोर्ड सदस्य पनि थिए। बेपत्ता पनडुब्बीमा उनका छोरा सुलेमान पनि सवार थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com