चीनमा ठुलो विस्फोट , ३१ जनाको मृत्यु


प्रकाशित मिति : ६ असार २०८०, बुधबार

(230228) — BEIJING, Feb. 28, 2023 (Xinhua) — Xi Jinping, general secretary of the Communist Party of China (CPC) Central Committee, makes an important speech at the second plenary session of the 20th CPC Central Committee in Beijing, capital of China. The plenary session was held from Feb. 26 to 28, 2023. (Xinhua/Ju Peng)

चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको थियो, जसमा अहिलेसम्म  ३१ जनाको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ।

यो विष्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । र यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन्।

यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com