अमेरिकामा पहिलो पटक कोशिकाबाट ल्याबमा बनाइएको कुखुराको मासुको बिक्री सरकारबाट स्वीकृत


प्रकाशित मिति : असार ६, २०८० बुधबार

cooked dish

पहिलो पटक अमेरिकी नियामकहरूले बुधवार पशु कोषहरूबाट बनाइएको कुखुराको मासुको बिक्रीलाई अनुमोदन गरेका छन् । क्यालिफोर्नियाका दुई कम्पनीहरूलाई अमेरिकाको रेस्टुरेन्ट टेबल र सुपरमार्केट शेल्फहरूमा प्रयोगशालामा बढेको मासु बेच्न अनुमति दिइएको छ ।

अमेरिकाको कृषि मन्त्रालयले अपसाइड फूड्स र गुड मीटलाई यस्तो अनुमति दिइएको हो । यी फर्महरू अमेरिकामा मारिएका जनावरहरूबाट नभई ल्याबमा बनाइएको मासु बेच्नका लागि पहिलो बन्ने दौडमा थिए । यो मासुलाई सेल कल्टिभेटेड वा प्रयोगशालाबाट निर्मित मासु भनिन्छ ।

यस कदमले मासु उत्पादनको नयाँ युगको सुरुवात गरेको छ । जसको उद्देश्य जनावरहरूलाई हुने हानिलाई हटाउने तथा चरन, जनावरहरूको लागि बढ्दो दाना र जनावरको फोहोरको वातावरणीय प्रभावहरूलाई तीव्र रूपमा कम गर्ने राखिएको छ।

कम्पनीहरूले अमेरिकामा मासु र कुखुरा बेच्नको लागि आवश्यक संघीय निरीक्षणको लागि स्वीकृतिहरू प्राप्त गरेका हुन् । अमेरिकी खाद्य र औषधि प्रशासनले दुवै कम्पनीका उत्पादनहरू खानको लागि सुरक्षित भएको निष्कर्ष निकालेको केही महिना पछि यो कार्य भएको हो । गुड मीटसँग काम गर्ने जोइन बायोलोजिक्स नामक निर्माण कम्पनीलाई पनि यस्तो मासु उत्पादन गर्न अनुमति दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो मासु जीवित जनावर, निषेचित अण्डा वा भण्डारण गरिएका कोशिकाहरूको विशेष बैंकबाट आउने कोषहरू प्रयोग गरेर स्टिल ट्याङ्कीहरूमा हुर्काइन्छ। यो मासु चिकन कटलेट र ससेज जस्ता आकारहरूमा बनाइन्छ। गुड मिट नामको कम्पनीले पहिले नै सिङ्गापुरमा यस्तो मासु बेच्दै आएको छ । सिंगापुर त्यसका लागि यो कम्पनीलाई अनुमति दिने पहिलो देश हो । कम्पनीले कुखुराको कोशिकाहरूलाई कटलेट, नगेट्स, टुक्रा मासु र साटेमा परिणत गर्दछ।

fried food on white ceramic plate

तर यो मासु नियमित मासुभन्दा महँगो हुने जनाइएको छ । क्यालिफोर्निया बर्कले विश्वविद्यालयको वैकल्पिक मासु ल्याबका निर्देशक रिकार्डो सान मार्टिनले यस्तो मासु हुर्काइएका कुखुराको मासु भन्दा धेरै महँगो हुने र अझै पनि परम्परागत मासुको मात्रामा उत्पादन गर्न नसकिने बताएका छन् । कम्पनीहरूले यस्तो मासु सुरुमा विशेष रेस्टुरेन्टहरूमा सुरु गर्ने योजना बनाएका छन् । त्यसका लागि अपसाइड फुडले बार क्रेन नामक सान फ्रान्सिस्को रेस्टुरेन्टसँग साझेदारी गरिएको छ । गुड मीटले भने जोस एन्ड्रेसद्वारा सञ्चालित वासिंटन डिसीका रेस्टुरेन्टमा यो मासु उपलब्ध गराउनेछ ।

कम्पनीका अधिकारीहरूका अनुशार यी उत्पादनहरू वास्तविक मासु हुन् । इम्पोसिबल बर्गर वा बियन्ड मीटको जस्ता नक्कली मासु होइनन् । मासुका स्वादमा हुने त्यस्ता नक्कली मासु भने बोटबिरुवाको प्रोटिन र अन्य सामग्रीहरूबाट बनाइन्छ ।

विश्वव्यापी रूपमा १५० भन्दा बढी कम्पनीहरू कोशिकाहरुबाट मासुको उत्पादनमा केन्द्रित छन् । कुखुरा मात्र होइन तर सुँगुर, बाख्रा, भेडा, माछा र गाईको मासु पनि कोशिकाबाटै बनाउन उनीहरु केन्द्रीत छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com