अमेरिका–उत्तर कोरिया विवाद


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

तनाव नबढाऊ : चीन

श्रावण २९, २०७४- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिका र उत्तर कोरियालाई तनाव बढ्ने ‘बोली र व्यवहार नियन्त्रण’ गर्न आग्रह गरेका छन् । उत्तर कोरियाको एक प्रमुख मित्र चीनका राष्ट्रपतिले शनिबार दुवै देशलाई ‘शान्त रहन’ आग्रह गरेका हुन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा ‘सम्वद्ध सबै पक्ष’ लाई संयमित हुन आग्रह गरेका छन् । उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना अत्यावश्यक भएको बताए । चिनफिङले ट्रम्पसँग उत्तर कोरियालाई परमाणु हतियारविहीन बनाउनु दुई देशको ‘साझा स्वार्थ’ भएको बताए ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भने चीन र अमेरिका उत्तर कोरियाले ‘तनाव बढाउने व्यवहार’ नियन्त्रण गर्नुपर्नेमा सहमत भएको जनाएको छ । तर टेलिफोन वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई लक्षित गरी केही नबताएको ह्वाइटहाउसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्रपतिले अभ्यास गरेको निकट सम्बन्धले उत्तर कोरियाको समस्या समाधानमा सम्झौता हुने आशा छ ।’
शत्रुतापूर्ण व्यवहार गर्दै आएका उत्तर कोरिया र अमेरिकाबीच हालैका दिनमा वाक्युद्ध चलिरहेको छ । गत महिना उत्तर कोरियाले दुई अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो । परीक्षणपछि उत्तर कोरियाले अमेरिकाका मुख्य स्थानहरू आफ्नो क्षेप्यास्त्रको पहुँचमा पुगेको प्रतिक्रिया दिएको थियो ।

त्यसलगत्तै अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले नाकाबन्दी कडा पारेपछि उत्तर कोरिया थप आक्रोशित भएको हो । गत साता उत्तर कोरियाले गुआमस्थित अमेरिकी सेनाको बेसमा केही दिनमा आक्रमण गर्ने चेतावनी दिएको थियो ।

यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा चीन दोषी भएको आरोप लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com