टेक्सासमा ६ नेपाली चढेको कारलाई ट्रकले ठक्कर दिंदा ११ बर्षका बालकसहित २ को मृत्यु, ४ घाइते


प्रकाशित मिति : असार ४, २०८० सोमबार

टेक्सासको टाइलरमा शनिबार बेलुका ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिंदा २ जना नेपालीहरुको मृत्यु भएको छ भने अरु ४ जना घाइते भएका छन् । दुर्घटनामा ३४ बर्षका बर्षका श्रृजन ज्ञवाली र ११ बर्षका बालक इमेज कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा दिनेश कार्की, गंगा कार्की, इभान कार्की र श्रृजन प्याकुरेल घाइते भएका छन् । श्रृजन प्याकुरेलको अवस्था सामान्य रहेको तर अरु तीनजनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ । तीनैजनाको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दिनेश कार्की र गंगा कार्की घटनामा ज्यान गुमाउने ११ बर्षका बालक इमेज कार्कीका बुबाआमा हुन् । घाइते अर्का बालक ६ बर्षका इभान कार्की पनि दिनेश कार्की र गंगा कार्कीका छोरा हुन् । मृतक श्रृजन ज्ञवालीले पनि कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।

खराब मौषमपछि घरमा विद्युत आपूर्तिमा अवरोध भएपछि ६ जना नै एउटै गाडीमा चढेर साथीको घरतिर जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ । मृतक श्रृजन ज्ञवाली परिवारमा कमाउने एकमात्र व्यक्ति रहेको र नेपालमा बृद्ध बुबाआमाहरु रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकदिन अगाडिमात्र श्रृजन ज्ञवालीको नेपालमा रहेका बुबाआमासँग कुराकानी भएको र ज्ञवालीले बुबाआमालाई अमेरिका ल्याउने कुरा गरेको पारिवारिक श्रोतको भनाई छ । श्रृजन ज्ञवालीका बुबाआमा आर्थिक अवस्था कमजोर भएका कारण श्रृजन ज्ञवालीको मामाघरमा बस्दै आएको जनाइएको छ ।

दुर्घटनामा घाइते गंगा कार्कीले सन् २०१८ मा पनि दुर्घटनामा परेर कैयन महिना अस्पतालमा विताउनुपरेको थियो । पुरानो दुर्घटनाबाट स्वास्थ्यलाभ गरिरहेको अवस्थामा नयाँ दुर्घटनाको सामना गर्नुपरेको हो ।

घाइतेहरुको उपचार र मृतकको दाहसंस्कारका लागि गोफण्डमीमा आर्थिक सहयोग अभियान सुरु गरिएको छ । संकलित रकम दाहसंस्कारको खर्च, मेडिकल बिल, कानूनी खर्च, तत्काल परिवारका लागि सहयोगमा खर्च गरिने जनाइएको छ । १ लाख डलरको लक्ष्यसहित सुरु गरिएको आर्थिक संकलन अभियानमा अहिलेसम्म झण्डै २१ सय डलर जम्मा भएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

नेपाली समुदायमा अत्यन्तै दुखद घटना भएको र घाइतेको उपचार र मृतकको दाहसंस्कारको लागि सक्दो सहयोग गर्न टेक्सासबाट सुरेश दर्पण पोखरेलले आव्हान गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com