१० तले भवन जत्तिकै ठूला दुई क्षुद्रग्रहहरू तीब्र गतिमा पृथ्वीतिर आउँदै, के खतरा छ?


प्रकाशित मिति : असार ३, २०८० आईतबार

asteroid, comet, meteorite

नासाका अनुशार लगभग ३० मिटर ठूला दुई क्षुद्रग्रहहरू तीब्र गतिमा पृथ्वीतिर आइरहेका छन् । दुई क्षुद्रग्रहहरू मध्ये ठूलो ११० फिट अनुमान गरिएको छ। जुन लगभग १० तले भवनको आकारको बराबर हो ।

खगोलविद्हरूले कुनै पनि क्षुद्रग्रहहरूको लागि आकाशमा सतर्क नजर राख्छन् । असहज रूपमा पृथ्वीको नजिक आउँदै गरेका क्षुद्रग्रहमाथि विशेष नजर राखिन्छ । क्षुद्रग्रह वाच ड्यासबोर्डले यी क्षुद्रग्रहहरू र धूमकेतुहरू ट्र्याक गर्दछ जुन हाम्रो गृह ग्रहको नजिक छन् ।

यसले पृथ्वीको निकट हुने मिति, अनुमानित व्यास, सापेक्ष आकार र दूरी समेत पत्ता लगाउँछ । यी मध्ये पाँचवटा वस्तुहरू अर्को केही दिनमा पृथ्वीको नजिक पुग्दैछन्, जसमा सबैभन्दा ठूलो ५५ मिटर व्यासमा फैलिएको छ।

background, wallpaper, background image

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ एल डब्लु र २०२३ एल भी आज पृथ्वीको सबैभन्दा नजिक पुग्नेछन्। २०२३ एल डब्लु पृथ्वीबाट १ दशमलव ४ मिलियन माइल नजिक आउनेछ । त्यस्तै २०२३ एल भी २ दशमलव ८ मिलियन माइल नजिक आउनेछ । यी क्षुद्रग्रहको गति प्रति घण्टा झण्डै १८ हजार माइल रहेको छ ।

पृथ्वीको आज दुईवटा अन्तरिक्ष चट्टानहरू आएपछि आगामी तीन दिनमा त्यहाँ थप तीनवटा नजिक आउनेछन् । एउटा २१ मिटरको क्षुद्रग्रह जुन १९ मा ४ दशमलव १ मिलियन माइल नजिक आउनेछ भने जुन २० मा १५ मिटरको क्षुद्रग्रह पृथ्वी नजिक आउनेछ । जुन २१ मा ५५ मिटरको क्षुद्रग्रह पृथ्वीको ३ मिलियन माइल नजिक आउनेछ ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले १५० मिटरभन्दा ठुलो वस्तु पृथ्वीभन्दा ४ दशमलव ६ मिलियन माइलभन्दा नजिक आएमा सम्भावित खतरनाक वस्तुको रूपमा सूचीबद्ध गर्दछ। यो चन्द्रमाको दूरीको लगभग झण्डै २० गुणा हो, पृथ्वी र चन्द्रमा बीचको औसत दूरी लगभग २ लाख ३९ हजार माइल रहेको छ । यी सबै पाँचवटा क्षुद्रग्रहहरू सम्भावित रूपमा खतरनाकको रूपमा योग्य हुनको लागि धेरै सानो छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com