बेलायतमा पहिलो नेपाली मूलकी महिला मेयरले लिइन् शपथ


प्रकाशित मिति : असार ३, २०८० आईतबार

बेलायतमा नेपालीमूलकी पहिलो महिला मेयर नीना गुरुङले शपथ लिएकी छन् । आइतबार रोचेस्टर क्याथेड्रल चर्चमा विशेष समारोहबीच वीसपबाट उनले शपथ लिएकी हुन् ।

गत ४ मेमा काउन्सिलर निर्वाचित उनी गत २४ मेमा मेडवे काउन्सिलको वार्षिक बैठकबाट मेयर निर्वाचित भएकी थिइन् । उनी मेडवेकी पहिलो नेपाली र बौद्ध धर्मावलम्बी मेयर हुन् । उनले ब्रिटिश चर्चमा वीसपबाट शपथ लिइरहंदा बुद्धिष्ट मन्त्र उच्चारण भएको थियो ।

उक्त समारोहमा बेलायती राजपरिवारका प्रतिनिधि लेफ्टिनेन्ट लर्ड पिटर गिलबर्ड, काउन्सिलरहरु, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, विश्व कीर्तिमानी आरोही पूर्व गोर्खा हरि बुढामगर, मेयर गुरुङका पिता प्रेम गुरुङ, पत्रकार भूमिराज राई लगायत झण्डै दुई सय पाहुना सहभागी थिए । एनआरएनए यूके अध्यक्ष गाहामगरले शपथ समारोहपछि मेयर बनेर गोर्खा र समस्त नेपाली समुदायको गौरव बढाएको भन्दै वधाइ दिएका थिए । उनले सफल कार्यकालको शुभकामना समेत दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कास्की रिभानमा जन्मिएकी गुरुङ मेडस्टोनस्थित इन्भिक्टा ब्यारेकको क्वीन्स गोर्खा इन्जिनियर्समा कार्यरत गोर्खा श्रीमान् ताइकाजी गुरुङसँगै बस्न पहिलोपटक सन् १९९९ मा बेलायत आएकी थिइन् । सन् २००५ देखि मेयर गुरुङ र उनको परिवार मेडवेमा बसोबास गर्न थाल्यो । उनीहरुका दुई छोरी यास्मीन रानी र जास्मिन रानी मेडवेमै हुर्किए । विश्वविद्यालय जानुपूर्व स्थानीय विद्यालय र सिक्स्थ फर्म कलेज यहीँ पढे ।

मेयर गुरुङ आफैँ पनि अध्ययनमा लागिन् र मिडकेन्ट कलेजमा कोर्स पूरा गरेपछि केन्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक नीतिमा स्नातकोत्तर गरिन् । उनले यसअघि सामाजिक कार्य (सोसल वर्क) मा प्रथम श्रेणीमा डिग्री पनि हासिल गरेकी थिइन् ।

मेयर गुरुङ प्राज्ञिक अनुसन्धानकर्ता पनि हुन् । उनको अनुसन्धानले बेलायतमा गोर्खाहरुको बसोबास र समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको थियो । उनको अध्ययनका सिफारिसहरूले समुदाय र स्थानीय सरकारलाई गोर्खाहरूको समायोजन प्रकृयालाई सहयोग पुरयाएको विश्वास गरिन्छ ।

उनले बेलायतवासी नेपालीहरुको गतिविधि समेट्नका लागि केही समय गोर्खाज डटकम नाम गरेको वेवसाइट पनि सञ्चालनमा ल्याएकी थिइन् ।
उनीसँग विशेष अवस्थाका बालबालिकाको सेवामा १२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी गोर्खा नेपाली कम्युनिटी मेडवेको पहिलो महिला अध्यक्ष पनि हुन् । हाल उनी सो संस्थामा सल्लाहकार छिन् ।

मेयर गुरुङ बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) बेलायत र मेडवेमा रहेका परोपकारी संस्थाहरु सेकेन्ड चान्स मेडवे र अल सेन्ट्स कम्युनिटी प्रोजेक्ट ट्रष्टका ट्रष्टी पनि हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com